← Job (33/42) → |
1. | “अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु। |
2. | म बोल्न तयार छु। |
3. | मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु। ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु। |
4. | परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ। |
5. | अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। अनि तिमी सक्छौ भने मलाई जवाफ देऊ। तिम्रो जवाफ तयार पार ताकि तिमी मसँग तर्क गर्न सक्षम हुनेछौ। |
6. | परमेश्वरको समक्ष तिमी र म बराबर छौं परमेश्वरले हामी दुवैलाई बनाउँन माटो प्रयोग गर्नु भयो। |
7. | अय्यूब म देखि नडराऊ म तिमीमाथि निष्ठूर हुने छैन। |
8. | तर अय्यूब, तिमीले भनेको मैले सुनें। |
9. | तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन। |
10. | मैले गल्ती काम गरिनँ, तर परमेश्वर मेरो विरूद्ध हुनुहुन्छ। परमेश्वरले मलाई शत्रुलाई झैं व्यवहार गर्नु भयो।’ |
11. | परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो, परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’ |
12. | तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु। किन? किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ। |
13. | अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ। |
14. | परमेश्वरले विभिन्न प्रकारले बोल्न सक्नु हुन्छ, यस्तो तरिका कि मानिसहरू यसलाई बुझ्दैनन्। |
15. | हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्। |
16. | तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्। |
17. | परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ। |
18. | परमेश्वरले मानिसहरूलाई सावधान गर्नुहुनेछ तब उहाँले तिनीहरूलाई मृत्युको मुखबाट बचाउन सक्नु हुन्छ। परमेश्वरले मानिसहरूलाई विनाशबाट बचाँउनुहुन्छ। |
19. | दुःखी अथवा, ओछ्यानमा सुतिरहनु पर्ने कष्ट दिएर अनि उसका हडडीहरू सधैं रहने बनाई परमेश्वरले एकजना मानिसलाई अनुशासित पार्न सक्नुहुन्छ। |
20. | तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन। |
21. | उसको शरीर जीर्ण हुँदै जान्छ अनि उ हाड र छाला मात्र हुन्छ। |
22. | त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ अनि उसको जीवन सम्मुखिन हुन्छ। |
23. | परमेश्वसंग हजारौं दूतहरूछन्। हुन सक्छ ती मध्ये कुनै एकजनाले त्यस मानिसलाई नियाली रहेको हुन्छ। त्यो दूत त्यो मानिससित बोल्छ अनि साँच्चो कुरा भन्छ। |
24. | त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’ |
25. | तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ। |
26. | त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यो मानिस आनन्दले चिच्याउने छ अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ। |
27. | तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन। |
28. | परमेश्वरले मृतलोकदेखि मलाई बचाउनु भयो। अब फेरि मेरो जीवनमा आनन्द भोग गर्न सक्छु।’ |
29. | परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ। |
30. | किन? त्यस मानिसलाई सावधान गराउन अनि उसको आत्मालाई मृतलोक देखि बचाउनलाई ताकि त्यस मानिसले आफ्नो जीवनमा आनन्द भोग्न सकोस्। |
31. | अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ। |
32. | तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन। मलाई उत्तर देऊ, किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु। |
33. | तर अय्यूब, यदि तिमीलाई केही भन्नु छैन भने मेरो कुरामा ध्यान देऊ। शान्त हौ, अनि म तिमीलाई ज्ञानको उपदेशहरू दिनेछु।” |
← Job (33/42) → |