← Job (30/42) → |
1. | तर अहिले ती मानिसहरू जो म भन्दा जवान छन् मेरो खिल्ली उडाई रहेछन्। अनि तिनीहरूका पिताहरू यति व्यर्थका थिए कि म तिनीहरूलाई कुकुरहरू सँग मेरो भेडाको रक्षा गर्नलाई राख्थें। |
2. | ती जवान मानिसहरूका पिताहरू यति कमजोर थिए कि तिनीहरूले मलाई सघाउन सक्थेनन। तिनीहरू बृद्ध र थकित थिए, तिनीहरूका मांसपेशीहरू कडा अनि एकदमै बलियो थिएनन्। |
3. | तिनीहरू मृत मानिसहरू जस्ता थिए। तिनीहरू खान नपाएर भोकै थिए। यसैले तिनीहरू मरूद्यानका (मरुभूमिको खाल्डाहरुमा जमेको पानी) सूख्खा धुलोहरू खान्थें। |
4. | तिनीहरूले जङ्गलमा नूनिलो झारका पालुवाहरू तान्छन् तिनीहरूले झ्याउका जराहरू खान्थ्ये। |
5. | तिनीहरू अन्य मानिसहरूबाट खेदिन्छन्। मानिसहरू तिनीहरूलाई चोर ठानेर चिच्याउछन्। |
6. | तिनीहरू सूख्खा नदीका किनारहरूमा, पहाडका गुफाहरू र जमीनका प्वालहरूमा बाच्नुँ पर्छ। |
7. | झाडीहरूमा तिनीहरू चिच्याउँछन्, अनि काँढे झाडीहरूमा सँग-सँगै अल्झेकाछन्। |
8. | तिनीहरू नाउँ नभएका महत्वहीन मानिसहरूका झुण्डहरू हुन जो आफ्नो देशबाट जबरजस्ती निकालिए। |
9. | अहिले ती मानिसहरूका छोराहरूले मेरो हाँसो उडाउनु मेरो बारेमा गीत गाउँछन्। मेरो नाउँ तिनीहरूका लागि ठट्टाको शब्द भएको छ। |
10. | ती जवान मानिसहरूले मलाई घृणा गर्दछन्, तिनीहरू मदेखि टाढा रहन्छन। तिनीहरू सोच्दछन कि तिनीहरू म भन्दा राम्रा छन। तिनीहरूले मेरो मुखमा पनि थुक्छन्। |
11. | परमेश्वरले मेरो धनुबाट ताँदो लानु भयो र मलाई कमजोर बनाउनु भयो। ती मानिसहरूले आफै थामिंदैनन् बरू क्रोधित भएर मेरो विरोधमा जान्छन्। |
12. | ती युवकहरूले दाहिनेपट्टि आक्रमण गर्छन्। तिनीहरूले मेरो खुट्टामा हिर्काएर मबाट अलग पार्न खोज्छन्। म एक आक्रमण भईरहेको शहर जस्तो अनुभव गर्छु तिनीहरूले मेरो भित्ताहरूमा मैलो फ्याँकेर मलाई आक्रमण गरी नष्ट बनाउँछन्। |
13. | भाग्न नसकोस् भनी मेरो बाटो छेक्छन। तिनीहरूले मलाई ध्वंश गर्नमा सफल भए। तिनीहरू कसैलाई सहयोग गर्न चाँहदैनन्। |
14. | तिनीहरूले भित्तामा प्वाल बनाउँछन तिनीहरू त्यस प्वालबाट खचाखच आउँछन अनि ढुङ्गाहरू फोर्दै ममाथि पर्छन्। |
15. | म डरले कामिरहेछु हावाले केही चीज उडाई लगे जस्तो गरी ती युवकहरू मेरो खेदो लाउँछन्। मेरो सुरक्षा बादल जस्तो विलिन हुँदछ। |
16. | “अहिले मेरो जीवन प्रायः बितिसक्यो, अनि म चाँडै मर्नेछु। पीडित दिनहरूले मलाई पक्रेकोछ। |
17. | मेरो हड्डीहरू पीडाले राती दुख्छ। मलाई कष्टले चपाउन कहिल्यै छाडदैन। |
18. | परमेश्वरले मेरो कोटको कलरमा समात्नु हुन्छ अनि बटारेर रूप बिगारिदिनु हुन्छ। |
19. | परमेश्वरले मलाई हिलोमा जाकि दिनु भयो र म धूलो र खरानी जस्तै भएकोछु। |
20. | हे परमेश्वर, सहायताको लागि मैले पुकारें, म उठें र प्रार्थना गरें, तर तपाईंले मलाई ध्यान दिनु भएन। |
21. | हे परमेश्वर, तपाईंले मसित निष्ठूरताले व्यवहार गर्नु हुन्छ। मलाई सताउन तपाईं शक्ति प्रयोग गर्नुहुन्छ। |
22. | हे परमेश्वर, तपाईं मेरो लागि निष्ठुर हुनु भयो। मलाई नष्ट पार्न तपाईं आफ्नो शक्ति प्रयोग गर्नु हुन्छ। |
23. | मलाई थाहा छ कि तपाईंले मलाई मृत्यु तिर लैजानु हुन्छ, त्यस ठाँउमा, जहाँ अन्तमा सबै प्राणि जानै पर्छ। |
24. | तर, निश्चय जो मानिस सर्वनाश भएकोछ अनि सहायता माग्दैछ, त्यसलाई कसैले पनि नोक्सान पुर्याउँदैन। |
25. | तपाईं जान्नु हुन्छ मानिसहरूको कष्टमा म रूएँ। तपाईं जान्नु हुन्छ गरीब मानिसहरूको लागि मेरो हृदय साहै दुःखीत थियो। |
26. | जब मैले राम्रो चीज खोजें बद्लामा नराम्रो पाएँ। जब मैले उज्यालो खोजें, अंध्यारो आयो। |
27. | म भित्र कष्ट कहिल्यै रोकिंदैन अनि दुःख भर्खरै शुरू भएको छु। |
28. | म संधै दुःखी र उदासीन छु कुनै चैन छैन। म सहायताको लागि सभामा उभिन्छु। |
29. | म जङ्गली कुकुर र मरूभूमिमा शुतुरमुर्ग जस्तै एक्लो छु। |
30. | मेरो छाला जलेकोछ र उप्किंदैछ। ज्वरोले मेरो शरीर तातो छ। |
31. | मेरो वीणाले करूणाको लय निकाल्छ मेरो बाँसुरीले दुःखको आवाज निकाल्छ। |
← Job (30/42) → |