← Job (3/42) → |
1. | तब अय्यूबले आफ्नो मुख खोले अनि आफू जन्मेको दिनलाई धिक्कार्न लागे। |
4. | म त्यो रात अन्धकारै रहोस् भन्ने कामना गर्दछु। परमेश्वरले त्यो दिन भुलुन् भन्ने कामना राख्दछु। त्यो दिनमा प्रकाश नपरोस् भन्ने कामना गर्दछु। |
5. | म कामना गर्छु कि त्यो दिन मृत्यु झैं अँध्यारो होस्। बादलले त्यो दिनलाई ढाकिदियोस् भन्ने कामना गर्दछु। म कामना गर्छु कालो बादलहरूले म जन्मेको दिनको उज्यालोलाई झसंग पारिदिन सकोस्। |
6. | निष्पट्ट अन्धकारले त्यो रात राखोस्। त्यो रातले त्यस वर्षको पञ्चाङ्गमा जग्गा नपावोस्। त्यो रात कुनै पनि महीनामा नपारियोस्। |
7. | त्यो रात रित्तो रहोस्। कुनै खुशीका होहल्ला त्यो रातमा नसुनियोस्। |
8. | कतिपय जादुवालाहरूले सधैं लिब्यातनलाई जगाउनु चेष्टा गरिरहेका छन। यसकारण तिनीहरूका श्रापहरू तिनीहरूलाई भन्न देऊ अनि म जन्मेको दिनलाई श्रापित पारिदेऊ। |
9. | त्यो प्रातः कालको तारा अन्धकारमा रहोस्। त्यो रातले बिहानलाई पर्खिरहेको होस् तर त्यो प्रकाश कहिल्यै नआवोस्। यसले सूर्यको प्रथम किरणसम्म नदेखोस्। |
10. | किन? किनभने त्यस रातले म जन्मनु मलाई रोकेन। त्यो रातले ती दुःख संकटहरू हेर्न मलाई रोकेन। |
11. | म जन्मदा नै किन मरिन? किन म गर्भमा नै तुइनँ? |
12. | किन मेरी आमाले मलाई घुँडामाथि राखिन्? किन मेरी आमाले मलाई दूध खुवाइन्? |
13. | यदि म जन्मेकै दिन मरेको भए म अहिले विश्राममा हुने थिएँ। |
14. | म गहन निद्रामा परेको हुन्थें अनि आरामसंग ती राजाहरू एवं ज्ञानी पुरूषहरूसंग रहन्थें जो विगतमा यस पृथ्वीमा थिए। ती मानिसहरूले आफ्ना लागि ठाउँहरू बनाए ती अहिले ध्वंश र शेष भइसकेको छ। |
15. | म ती शासकहरूसंगै दफनाइयोस् जसले आफ्ना चिहानहरू सुन र चाँदीहरूले भरेका थिए। |
16. | किन म आमाको गर्भमा नै तुइनँ? म त्यस्तो बालक हुन चाहन्थें जसले दिनको उज्यालो नै देख्न पाएन। |
17. | दुष्ट मानिसहरू जब चिहानभित्र हुन्छन् तब कुकर्महरू बन्द गर्छन्। अनि जो मानिस थकित हुन्छ उसले चिहानमा विश्राम पाउँछ। |
18. | कैदीहरूलेसम्म मोक्षा पाउँछन्, तिनीहरूले आफ्ना पालेहरूका चित्कारहरू सुन्ने छैनन्। |
19. | सबै प्रकारका मानिसहरू चिहानमा छन्, अति महत्वपूर्ण मानिसहरू अनि साधरण मानिसहरू अनि दास पनि आफ्नो मालिकबाट मुक्त हुन्छन्। |
20. | किन पीडित मानिसहरू मात्र सधैं बाँच्नै पर्छ? जसको मन तीतो छ त्यस्ता मानिसलाई किन जीवन दिनु? |
21. | त्यो मानिस मर्न चाहन्छ तर मृत्यु आउँदैन। त्यस दुःखी मानिसले मृत्युलाई गाडधन भन्दा पनि ज्यादा खोज्छ। |
22. | ती मानिसहरू आफ्ना चिहान पाउँदा खुशी हुनेछन्। ती मानिसहरू आफ्ना चिहान पाउँदा प्रफुल्लित हुनेछनन्। |
23. | तर परमेश्वरले तिनीहरूका भविष्यलाई गुप्त राख्नुहुन्छ अनि तिनीहरूका सुरक्षाका निम्ति चारैतिर पर्खालहरू निर्माण गर्नुहुन्छ। |
24. | जब खाने बेला हुँदछ, म शोक अनुभव गर्छु। मेरा गुनासोहरू पानी झैं बग्छन्। |
25. | जुन कुराहरूसित म डराउँथें मलाई त्यही भयो, अनि जेसित म अति डराउथें त्यही ममाथि पर्यो। |
26. | म चुप लाग्न सक्तिनँ। म विश्राम लिन सक्तिनँ। म शान्त रहन सक्तिन मेरो सन्तापले मलाई छोपि रहन्छ।” |
← Job (3/42) → |