← Job (28/42) → |
1. | “त्यहाँ सुन र चाँदीका खानीहरू छन् र त्यहाँ त्यस्तो ठाउँ पनि छ जहाँ मानिसहरूले सुन पगालेर खाँटी बनाउँछन्। |
2. | मानिसहरूले जमीन खनेर फलाम निकाल्छन ढुङ्गाहरू पगालेर ताँमा निकाल्छन्। |
3. | कर्मीहरूले गुफामा प्रकाश लैजान्छन। तिनीहरूले गुफा भित्र खोज तलाश गर्दछन्। उ पृथ्वीको अँथ्यारो गहिरोभित्र खानीको खोजी गर्छन्! |
4. | मानिसहरूले बसो-बास गरेको जग्गा भन्दा धेरै टाडोमा अथवा मानिसहरूको पाइला कहिल्यै नपराको ठाउँमा कर्मीहरूले खानी पइल्याउने बाटो खन्छन्। तिनीहरू गहिरो भित्र डोरीमा झुण्डिएर सुरूङ्ग खन्छन्। |
5. | जमीनमाथि अन्न उम्रन्छ। तर जमीन मनि, भिन्नै छ मानौं प्रत्येक कुरा आगोले पग्लिए जस्तै छ। |
6. | जमीनमनि बहुमूल्य धातुहरू अनि काँचो सुनको कणहरूछन। |
7. | जङ्गली चरा-चुरूङ्गीहरूले जमीन मनिको बाटोहरूको बारेमा जान्दैनन्। बाजले पनि कहिल्यै त्यस्ता बाटोहरू देखेको हुँदैन। |
8. | जङ्गली पशुहरू त्यस्ता बाटोहरूमा हिंडेका छैनन। सिंहले पनि त्यो बाटो हिडेको छैन्। |
9. | कर्मीहरूले कडा ढुङ्गाहरू खन्छन्। तिनीहरूले पर्वतहरू खनेर उदाङ्गे पारिदिएकाछन। |
10. | कर्मीहरूले चट्टानहरू काटेर सुरूङ्ग बनाएका छन्। तिनीहरूले चट्टानमा बहुमूल्य खनिज पदार्थ देखेका छन्। |
11. | कर्मीहरूले पानी रोक्नको लागि बाँध बनाउँछन। तिनीहरूले लुकेका चीजहरू बाहिर प्रकाशमा ल्याउँछन्। |
12. | तर मानिसहरूले ज्ञान कहाँ पाउन सक्छन? बुद्धि पाउन हामी कहाँ जान सक्छौ? |
13. | हामी जान्दैनौं ज्ञान कति बहुमूल्य वस्तु हो। पृथ्वीमा भएका मानिसहरूले जमीन खनेर ज्ञान भेट्न सक्तैनन्। |
14. | महासागर गहिरो भन्दछ, ‘ज्ञान यहाँ मसित छैन।’ समुद्र भन्दछ ‘ज्ञान यहाँ मसित छैन।’ |
15. | तिमीहरूले शुद्ध सुन दिएर पनि ज्ञान किन्न सक्तैनौ। यस संसारमा ज्ञान किन्नलाई प्रशस्त चाँदी छैन। |
16. | तिमीहरूले ओपीरका सुन अथवा बहुमूल्य ढुङ्गा अथवा बहुमूल्य रत्नहरूले पनि ज्ञान किन्न सक्तैनौ। |
17. | ज्ञान सुन अथवा स्फटिकभन्दा बहुमूल्य हो। सुनमा कुँदिएका बहुमूल्य गहनाहरूले पनि ज्ञान किन्न सकिन्दैन। |
18. | ज्ञान मूगा अनि बिल्लोर जस्ता मणिहरू भन्दा बहुमूल्य हो। ज्ञान मानिक मणिहरू भन्दा अत्यन्त मुल्यवान हुन्छ। |
19. | कूश देशको पुष्पराज ज्ञानभन्दा बहुमूल्य होइन। तिमीहरू खाट्टी सुनले पनि किन्न सक्तैनौ। |
20. | यसकारण ज्ञान कहाँबाट आउँदछ? हामीले कहाँबाट बुद्धिको मूल पाउन सक्छौ? |
21. | ज्ञान पृथ्वीमा भएका सबै प्राणपूर्ण जीवहरूदेखि गोप्य रहँदछ। आकाशमा उडने चराहरूलेसम्म ज्ञानलाई देख्न सक्तैन। |
22. | मृत्यु र विनाशले भन्दछ, ‘हामीमा ज्ञान छैन। हामीले त्यसका विषयमा उडन्ता कुराहरू मात्र सुनेका छौं। |
23. | केवल परमेश्वरले मात्र ज्ञानको बाटो जान्नु हुन्छ। परमेश्वरले मात्र ज्ञान कहाँ छ जान्नुहुन्छ। |
24. | परमेश्वरले मात्र पृथ्वीको अन्तसम्म देख्न सक्नु हुन्छ परमेश्वरले आकाश मनि सबै थोक देख्नुहुन्छ। |
25. | परमेश्वरले बतासलाई शक्ति दिनु भएको छ। र समुद्रको सीमाना बाँधि दिनुभयो। |
26. | पानी कहाँ वर्षाउनु पर्छ परमेश्वरले मात्र निर्णय गर्नु हुन्छ। अनि कहाँ चट्याङ्गहरु फ्याँकिनु पर्छ त्यो निर्णय पनि उहाँले गर्नु हुन्छ। |
27. | त्यस समय परमेश्वरले ज्ञान देख्नु भयो अनि यस विषयमा सोच्नु भयो। ज्ञान कति महत्वपूर्ण छ परमेश्वरले बझ्नु भयो अनि परमेश्वरले ज्ञान अनुमोदन गर्नुभयो।” |
28. | अनि परमेश्वरले मानिसहरूलाई भन्नुभयो, “परमेश्वरको डर र सम्मान नै ज्ञान हो। खराब कामहरूबाट आफूलाई अलग राख्नु बुद्धि हो।” |
← Job (28/42) → |