← Job (27/42) → |
1. | तब अय्यूबले आफ्नो वृतान्त कहि रह्यो। अय्यूबले भन्यो, |
2. | “परमेश्वर जीवित हुनु भए झैं कसले मबाट न्याय खोसेको छ! सर्वशक्तिमान परमेश्वर जसले मेरो जीनव तिक्त बनाउनु भयो, |
3. | तर जबसम्म जीवन म भित्र रहन्छ अनि परमेश्वरको जीवनको स्वास मेरो नाकमा रहन्छ। |
4. | तब मेरो ओठहरूले परमेश्वर विषयमा गल्ती कुराहरू भन्नेछैन, अनि मेरो जिब्रोले कहिल्यै कपटपूर्ण गर्न सक्तैन। |
5. | म तिमीहरू ठीक छौ कहिल्यै स्वीकार गर्दिन कि भनी म नमरूञ्ञेलसम्म लगातार भनी रहने छु कि म निर्दोष छु। |
6. | मैले गरेका उचित कुरालाई म बलियो गरी समाती रहनेछु म ठीकसंग बाच्नँलाई कहिल्यै चुक्ने छैन। जबसम्म म बाँच्दछु मेरो चेतनाले मलाई कहिल्यै सताउने छैन। |
7. | मेरो शत्रुहरू दुष्ट मानिसहरू मानिउन। मेरो विरोधमा जो पनि उठ्छ त्यो खराब मानिस मानियोस्। |
8. | जुन मानिसले परमेश्वरको पर्वाह राख्दै त्यो मानसि मर्दा त्यसको केही आशा हुँदैन। जब परमेश्वरले उसको प्राण लानु हुन्छ उसका निम्ति केही आशा रहँदैन। |
9. | त्यस दुष्ट मानिसले जब कष्ट पाउनेछ अनि उ चिच्याएर परमेश्वरलाई गुहार माग्दछ। तर परमेश्वरले उसको चित्कारमा ध्यान दिनु हुनेछैन। |
10. | त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो। त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो। |
11. | म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु। म सर्वशक्तिमान परमेश्वरको योजनाहरूलाई लुकाउने छैन। |
12. | तिमीहरूले परमेश्वरको शक्ति आफ्नै आँखाले देख्यौ। यसकारण किन तिमीहरू त्यस्ता अर्थहीन कुराहरू गर्छौ? |
13. | परमेश्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो। सर्वशक्तिमान परमेश्वरबाट यस्तै पाइन्छ। |
14. | दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ। दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्। |
15. | उसका सारा छोरा-छोरीहरू रूढीले मर्नेछन् अनि तिनीहरूका विधवाहरू दुःखी हुने छैनन्। |
16. | दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउँन सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ। उसले धेरै लुगाहरू पाउन सक्ला तर त्यो उसको लागि माटोको थुप्रो बराबर हुनेछ। |
17. | तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ अनि निर्दोष मानिसहरूले त्यो चाँदी पाउने छन्। |
18. | दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन। त्यो माकुराको जालो जस्तो हुने छ। अथवा प्रहरीको तम्बु जस्तो हुनेछ। |
19. | दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ। तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएर हुनेछन्। |
20. | ऊ भयभीत हुनेछ। यो बाढी बतास आए जस्तो हुनेछ अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ। हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ। अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ। |
21. | पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ, बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ। |
22. | दुष्ट मानिस बतासको शक्तिबाट भाग्ने कोशिश गर्ला तर निर्दयी तूफान ऊमाथि आइलाग्नेछ। |
23. | जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्। जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्। |
← Job (27/42) → |