← Job (26/42) → |
1. | तब अय्यूबले जवाफ दिएः |
2. | “बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ। के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई जसको बाहुबलमा केही शक्ति छोडिएको छैन बचाएका छौ? |
3. | तिम्रो परार्मश त्यस मानिसको लागि हो जसको ज्ञान छैन। के तिमीले धेरै अर्न्तज्ञान हासिल गरेकाछौ भनी सच्छौ? |
4. | कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो? कसको आत्माले तिमीलाई उत्साह प्रदान गर्यो? |
5. | मरेकाहरूका आत्माहरू डरले पृथ्वी मनि पानीमा काम्दछ। |
6. | तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ। मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन। |
7. | परमेश्वर उत्तर आकाशको शुन्य अन्तरिक्षमा लम्पसार हुनुभयो। परमेश्वरले पृथ्वीलाई शुन्यतामा झुण्ड्याउनु भयो। |
8. | परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ। तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न। |
9. | परमेश्वरले पूर्णिमाको चन्द्रमालाई छोपी दिनुहुन्छ। उहाँले आफ्नो बादलहरू त्यसतर्फ फैलाउनु हुन्छ अनि त्यस माथि लुकाउनु हुन्छ। |
10. | जहाँ अँध्यारो र उज्यालोको संगम हुन्छ त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो। |
11. | आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ जब परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ। |
12. | परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ। परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो। |
13. | परमेश्वरको स्वासले आकाश सफा हुन्छ। परमेश्वरको हातले साँपलाई नाश गरिदिनु हुन्छ जो भाग्ने कोशिश गर्छ। |
14. | यी परमेश्वरले गर्नु भएको अचम्मका केही कुराहरू मात्र हुन। हामी परमेश्वरले गर्नु भएको कानेखुशी मात्र सुन्छुँ। परमेश्वर कति महान र शाक्तिशाली हुनुहुन्छ भनेर कसैले पनि वास्तविक रूपमा बुझ्न सक्तैन।” |
← Job (26/42) → |