| ← Job (25/42) → |
| 1. | तब शुहबाट आएका बिल्ददले जवाफ दिएः |
| 2. | “परमेश्वर शासक हुनु हुन्छ। उहाँले मानिसहरूलाई त्रसित पार्नुहुन्छ अनि उहाँलाई आदर गर। उहाँले माथि आफ्नो स्वर्गमा शान्ति कायम राख्नु हुन्छ। |
| 3. | परमेश्वरबाट सबै मानिसहरूमा घाम उदय हुँदछ। कसैले पनि उहाँका ताराहरूलाई गन्न सक्दैनन्। |
| 4. | परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन। |
| 5. | परमेश्वरको दृष्टिमा, जुनसम्म शुद्ध र प्रज्वलित छैन ताराहरू पनि शुद्ध छैन। |
| 6. | मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन, मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।” |
| ← Job (25/42) → |