← Job (23/42) → |
1. | तब अय्यूबले जवाफ दिएः |
2. | “म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु। |
3. | म जान्ने इच्छा गर्छु परमेश्वर कहाँ हुनु हुन्छ, तब म उहाँ जहाँ हुनु हुन्छ त्यही जाने थिएँ। |
4. | अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें। |
5. | अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ। |
6. | के उहाँले मेरो विरूद्ध उहाँका महाशक्ति प्रयोग गर्नु हुनेछ? होइन, उहाँले मेरा वचनहरूमा ध्यान दिनु हुनेछ। |
7. | उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ। |
8. | यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्। |
9. | अनि यदि म उत्तर जान्छु, परमेश्वरले के गर्नु हुन्छ त्यो म पक्रन सक्तिन। अनि उहाँ दक्षिण जानु भयो भने म उहाँलाई देख्ने छैन। |
10. | तर, जब कि मैले गरेको प्रत्येक चीज परमेश्वरले जान्नु हुन्छ, उहाँले मलाई जाँच्नु सक्नु हुन्छ अनि शुद्ध सुन जस्तै मै त्यो जाँचमा उत्तीर्न हुनेछ। |
11. | परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिंडे। परमेश्वरको बाटोबाट म भडकिन। |
12. | मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु। |
13. | तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। |
14. | परमेश्वरले त्यही गर्नु हुनेछ जुन उहाँले मेरो लागि योजना गर्नु भएको थियो अनि उहाँसँग मेरो निम्ति अझ धेरै योजनाहरू छन्। |
15. | यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु |
16. | परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो। |
17. | अप्रिय घटनाहरू जुन ममाथि आइपर्यो तिनीहरू मेरो मुखमा ढाकिएको कालो बादल जस्तो छन्। तर त्यस अन्धकारले मलाई चुपचाप राख्ने छैन। |
← Job (23/42) → |