← Job (21/42) → |
1. | तब अय्यूबले जवाफ दिएः |
2. | “म के भन्छु सुन मलाई सान्तवना दिने तिम्रो त्यही तरिका रहोस्। |
3. | जब म बोल्दछु, धैर्य राख्नु मैले बोलिसके पछि तिमीहरूले मेरो खिल्ली उडाउन सक्छौ। |
4. | म मानिसहरूका विरूद्ध गुनासो गर्ने होइन, त्यहाँ राम्रो कारण छ किन म धैर्य रहिन। |
5. | म प्रति हेर अनि शोकले आघात बन तिम्रो हात मेरो मुखमा राख, अनि शोकले आघात भएको आँखाले मलाई हेर। |
6. | जब मलाई के भएको थियो भनी सोच्छु मलाई डर लाग्छ अनि मेरो शरीर काम्छ। |
7. | किन पापीहरू दीर्धायु हुन्छ? किन तिनीहरू बूढा हुन्छन र सफल हुन्छन? |
8. | दुष्टहरूले आफ्ना छोरा-छोरीहरू आफूसितै हुर्केको देख्छन र आफ्ना नाति-नातिनीहरू हेर्न धेरै बाँच्छन्। |
9. | तिनीहरूका घरहरू सुरक्षित छन् अनि तिनीहरू भयभीत छैनन्। परमेश्वरले ती दुष्टहरूलाई दण्ड दिनलाई लट्ठी प्रयोग गर्नुहुन्न। |
10. | तिनीहरूका साँढे प्रजनन क्रियामा कहिले चुक्दैनन्। तिनीहरूका गाईहरूले बाछीहरू ब्याउँछन् अनि तुहिदैनन्। |
11. | दुष्टहरूले आफ्नो नानीहरूलाई भेडाका पाठाहरू जस्तै बाहिर खेल्न दिन्छन। तिनीहरूका नानीहरू वरिपरि नाच्छन्। |
12. | तिनीहरू वीणा र बासुरीको धुनमा गाउछन र नाच्छन्। |
13. | दुष्टहरूले आफ्नो जीवन कालमा सफलता भोग्दछन्। त्यसपछि तिनीहरू मर्छन् अनि कुनै पीडाबिना आफ्नो चिहानतिर जान्छन्। |
14. | तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।” |
15. | अनि दुष्टहरूले भन्छन्, ‘सर्वशक्तिमान परमेश्वर को हो? हामीलाई उसको सेवा गर्ने खाँचो छैन। उसलाई प्रार्थना गरेर हामीले के पाउँछौ?’ |
16. | यो सत्य हो, दुष्टहरूले आफ्ना सफलताहरू आफै बनाउँदैनन्, म तिनीहरूको परार्मशको पछि लाग्दिन। |
17. | तर, प्रायः कहिले काँहीं कसरी परमेश्वरले दुष्टहरूको ज्योति निभाइ दिनु हुन्छ? प्रायः कसरी दुःखकष्टहरू दुष्टहरूमाथि आई पर्दछ? कहिले परमेश्वरले तिनीहरूलाई क्रोधित भएर दण्ड दिनुहुनेछ? |
18. | हावाले पराल उडाए जस्तै, तीब्र बतासले धानको भूसहरू उडाए जस्तै के परमेश्वरले दुष्टहरूलाई उडाई भगाउनु हुनेछ। |
19. | तर तिमी भन्छौ, ‘उसको पिताले पापहरू गरेको निम्ति परमेश्वरले नाबालकलाई दण्ड दिनुहुन्छ।’ परमेश्वर स्वयले दुष्टहरूलाई नै दण्ड दिउन् तब तिनीहरूले कि तिनीहरूको आफ्नै पापले गर्दा तिनीहरू दण्डित भएरहेका छन्। |
20. | दुष्टहरूले आफ्नै सजाय देखुन्। सर्वशक्तिमान परमप्रभुको क्रोध तिनीहरू आफैले देखुन। |
21. | जब दुष्ट मानिसको जीवन शेष हुन्छ अनि ऊ मर्दछ, उसले आफ्ना नानीहरू ज-जसलाई छाड्छ, तिनीहरूको पर्वाह नै गर्दैन। |
22. | कसैले पनि परमेश्वरलाई ज्ञान दिन सक्तैन। परमेश्वरले उच्च वर्गका मानिसहरूलाई पनि न्याय गर्नुहुन्छ। |
23. | एकजना मानिस आफ्नो पूर्ण र सफल जीवन उपभोग पछि मर्छ। ऊ आफ्नो जीवनमा पूर्णतः सुरक्षित अनि आनन्द प्रकारले बाँच्यो। |
24. | उसको शरीरका हड्डीहरू बलिया थिए कारण उसले भोजन प्रशस्त पाएको थियो। |
25. | तर कतिपय मानिस कष्टप्रद जीवन बिताए पछि मर्छ। उसले कहिल्यै राम्रो जीवन बिताउन पाएन। |
26. | अन्तमा, ती दुवै मानिसहरू संगसंगै फोहोरमा ढल्नेछन्। ती दुबैमा कीराहरूले पुर्नेछन्। |
27. | तर, म जान्दछु तिमीहरू के सोची रहेछौ अनि म जान्दछु तिमीहरूसित मलाई नोक्सान पुर्याउन योजना छ। |
28. | तिमीले भन्छौ होलाः ‘मलाई राम्रो मानिसको घर देखाऊ। अहिले, दुष्ट मानसिहरू कहाँ बस्छन देखाऊ। |
29. | तर तिमीहरूले कहिल्यै यात्रीहलाई सोधेनौ अनि तिमीहरूले उनीहरूको कथाहरू पत्याएनौ। |
30. | जब परमेश्वर रीसाएर सजाए दिनु हुन्छ दुष्ट मानिसहरू संधै जोगिन्छन्। जब परमेश्वरले रीस देखाउनु हुन्छ तिमीहरूलाई बचाइन्छ। |
31. | कसैले पनि दुष्ट मानिसका सम्मुख उसका नराम्रा कार्यहरूको आलोचना गर्दैन। कसैले पनि उसका दुष्ट कार्यका निम्ति दण्ड दिंदैन। |
32. | जब दुष्ट मानिसलाई चिहानमा लगन्छि उसको चिहानको छेउमा चौकिदार उभिन्छ। |
33. | यसैले त्यस ठाउँको माटो त्यो दुष्ट मानिसको लागि असल हुनेछ। अनि हजारौ मानिसहरू उसको मलामी भएर चिहानमा भेला हुन्छन। |
34. | त्यसैकारण तिमीले आफ्ना खोक्रो शब्दहरूले मलाई सान्तवना दिन सक्तैनौ, तिम्रो जवाफहरूले एकदमै सहयोग गर्दैन।” |
← Job (21/42) → |