← Job (20/42) → |
1. | तब नमाबाट आएका सोपरले जवाफ दिएः |
2. | “मेरा दोधारे विचारहरू मभित्रै संघर्ष गर्छन् तिमीहरूलाई उत्तर दिन म हतारिरहेको छु। |
3. | तिम्रो जवाफले हामीलाई अपमान गर्यो! तर म ज्ञानी छु, तिमीलाई कसरी जवाफ दिनु म जान्दछु। |
6. | हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुग्ला, अनि उसको शिरले बादलहरूलाई छोला। |
7. | तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो। मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’ |
8. | उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्टाउने छैन। नराम्रा सपना जस्तो उसलाई जबरजस्ती भुलिनेछ। |
9. | मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्। उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन। |
10. | दुष्ट मानिसका केटा-केटीहरूले फर्काइदिने छ जे थोक उनीहरूले गरीब मानिसहरूबाट लिएका थिए। त्यो दुष्ट मानिसको आफ्नै हातहरूले उसको सम्पत्ति फर्काई दिनुपर्नेछ। |
11. | जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए, तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ। |
12. | दुष्ट मानिसहरूको मुखमा खराबले मिठो स्वाद दिन्छ, यसर्थ उसले पूर्ण आनन्द लिनु त्यसलाई आफ्नो जिब्रो मनि राख्छ। |
13. | दुष्ट मानिसहरूले पाप लुट्दछ। उसले यसलाई फुत्काउन चाँहदैन। त्यो त्यस्तो मिठो मिश्री जस्तो हुँदछ उसले आफ्नो मुखमा चेपी राख्दछ। |
14. | तर त्यो दुष्टको पेटमा उसको भोजन विष हुन्छ। त्यो उसको पेटभित्र एउटा साँपको विष जस्तै तितो हुन्छ। |
15. | दुष्ट मानिसले धनीहरूलाई निल्छ। तर त्यसले तिनीहरूलाई उल्टी गरेर निकाल्छ। परमेश्वरले पापी मानिसलाई उल्टी गरेर बाहिर निकाल्ने पार्नुहुन्छ। |
16. | दुष्ट मानिसहरूको पेय पदार्थ साँपबाट निकालिएको विष झैं हो। तर साँपको जिब्रोले उसलाई मार्नेछ। |
17. | तब पापी मानिसले मह र नौनी बग्दै गरेको नदीहरू देखेर पनि आनन्द उपभोग गर्नेछैन। |
18. | दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ। उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिंइदैन्। |
19. | किन? किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ। उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो। अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो। |
20. | दुष्ट मानिस कहिले सन्तुष्ट हुँदैन। उसको धनले उसको रक्षा गर्न सक्तैन। |
21. | जब उसले खाँदछ, त्यहाँ केही पनि छाडदैन। उसले सफलता पाउने छैन। |
22. | जब दुष्ट मानिसकहाँ प्रशस्त हुँदछ उसलाई संकटहरूले थिचेर राख्नेछ। उसको समस्याहरू उमाथि नै खनिन्छ। |
23. | जब दुष्ट मानिस आफूले चाहे जति सबै थोक खान्छ, ऊ परमेश्वरको क्रोधको लप्कोमा पर्दछ। परमेश्वरले त्यस दुष्ट माथि दण्ड वर्षाउनु हुनेछ। |
24. | हुनसक्छ फलामको तरवारदेखि त्यो दुष्ट मानिस भाग्ला। तर काँसको टुप्पा भएका काँढले त्सलाई ढाल्ने छ। |
25. | त्यो काँसाको काँढ जसरी भए पनि उसको शरीरमा वारपार भएर जाने नै छ, अनि उसको ढाँडबाट त्यो निस्कने छ। यसको टल्किने टुप्पाले उसको कलेजो छेड्नेछ, अनि ऊ त्रासले मुर्छा पर्नेछ। |
26. | उसका सारा धन सम्पत्ति नष्ट हुनेछ। आगोले उसलाई ध्वंश गर्ने छ जुन आगो मानिस तथा प्राणीले शुरू गरेको होइन्। आगोले उसका घरमा बाँकी रहेका सारा सामानहरूसम्म जलाएर खरानी बनाउँनेछ। |
27. | दुष्ट मानिस दोषी हो भनी स्वर्गले प्रमाण गर्नेछ। पृथ्वी स्वंय त्यसको विरूद्ध उठ्नेछ। |
28. | उसको घरमा भएको सम्पूर्ण सामानहरू परमेश्वरलाई रीस उठेको दिन खोसिनेछ। |
29. | हो, त्यसरी नै परमेश्वरले दुष्ट मानिसहरूमाथि गर्नुहुनेछ। त्यसरी नै परमेश्वरको योजनाहरू तिनीहरूलाई दिनु हुनेछ।” |
← Job (20/42) → |