← Job (18/42) → |
1. | तब बिल्ददले (शुहीले यसो भनेर) जवाफ दिएः |
2. | “अय्यूब, तिमी कहिले बोल्न बन्द गर्नेछौ? चुपलाग अनि सुन। हामीलाई केही भन्नदेऊ। |
3. | किन तिमीले हामीलाई लाटा गाई जस्तो मूर्ख सम्झन्छौ? |
4. | अय्यूब, तिम्रो रीसले तिमीलाई नै पिरोल्छ। के मानिसहरूले खाली तिम्रो लागि पृथ्वी छोडनै पर्छ? के तिमी सोच्दछौ कि परमेश्वरले तिम्रै सन्तुष्टीको लागि मात्र पर्वतहरूको ठाउँ सार्नु हुन्छ? |
5. | हो, दुष्ट मानिसको प्रकाश निभाइनेछ। उसको आगो जल्न छाडनेछ। |
6. | उसको घरको प्रकाश अन्धयारो हुनेछ। उसको छेउको बत्ती पनि निभ्ने छ। |
7. | उसको बलियो पाइलाहरू अझ छोटो र कमजोर हुनेछन्। उसको पापपूर्ण योजनाहरूले उसकै पतन गराउनेछ। |
8. | उसको आफ्नै खुट्टाले उसलाई पासोमा फसाउने छ उ पासोमाथि हिंडनेछ र फस्नेछ। |
9. | पासोले उसको एढी पक्रने छ। पासोले उसलाई कस्सेर समात्ने छ। |
10. | भूँईमा लुकेको डोरीले त्यसलाई अल्झाउनेछ। पासोले उसको बाटो पर्खनेछ। |
11. | आतकंले त्यसलाई चारैतिरबाट पर्खिरहेछ। त्रासले त्यसको बढदो प्रत्येक पाईलालाई पछ्याई रहेछ। |
12. | भोकले उसको शक्ति दुर्बल पार्छ। जब उसको पतन शरू हुन्छ उसको विनाश र ध्वंश तत्पर रहन्छन्। |
13. | डरलाग्दो रोगले उसको छाला खाई दिनेछ। त्यसले उसको पाखुराहरू र खुट्टाहरू सडाउनेछ। |
14. | दुष्ट मानिसलाई आफ्नो सुरक्षित घरबाट टाडो लैजानेछ। उसलाई आतकंका राजाहरू भेटाउनलाई त्यतैतिर डोर्याउनेछ। |
15. | उसले आफ्नो घरमा केही पनि छाडने छैन। किन? किनभने सबै जल्ने गन्धक उसको घरभरि छरिनेछ। |
16. | उसको मुनिका जराहरू सुकेर जानेछन् अनि उसकामाथिका हाँगाहरू मरेर जान्छन्। |
17. | पृथ्वीमा भएका मानिसहरूले उसलाई सम्झने छैनन्। कसैले उसलाई एकैपल्ट पनि संम्झने छैन। |
18. | मानिसहरूले उसलाई उसको संसारको प्रकाशबाट अन्धकारमा खेद्नेछन्। |
19. | उसको न छोरा-छोरीहरू हुनेछ न त नाता-नातिनीहरू उसको कुनै पनि सन्तान रहनेछैन्। |
20. | पश्चिममा भएका मानिसहरूलाई आपत पर्नेछ जब उनीहरूले दुष्ट मानिसहरूमा कस्तो घट्ना आइपर्यो भन्ने सुन्दा पूर्वमा भएका मानिसहरू डरले स्तब्ध हुनेछन्। |
21. | त्यो साँचि नै ती दुष्ट मानिसहरूको घरमा घट्ने नै छ। त्यस्ता मानिसको जीवनमा घटिन जानेछ जसले परमेश्वरलाई यादै गर्दैन।” |
← Job (18/42) → |