| ← Job (17/42) → |
| 1. | “मेरो आत्मा टुक्रियोः म त्याग्न तयार छु। मेरो जीवन प्रायः बितिसक्यो, चिहानले मलाई पर्खिरहेछ। |
| 2. | मानिसहरू मेरो वरिपरि उभिन्छन् अनि मप्रति हाँस्छन्। जब तिनीहरूले मलाई जिस्काउछन् र खिसी गर्छन् म तिनीहरूलाई हेर्छु। |
| 3. | हे परमेश्वर, मलाई देखाउनु होस् कि साँचि नै मलाई मद्दत गर्नुहुन्छ। अन्य कुनै मानिसहरूले मलाई मद्दत गर्नेछैन। |
| 4. | तपाईंले मेरा मित्रहरूका ज्ञान बन्द गरिदिनु भयो अनि तिनीहरूले बुझ्दैनन्। दया गरेर तिनीहरूलाई जित्न नदिनुहोस्। |
| 5. | तपाईंहरूलाई यो भनाई थाहा छ, ‘मानिसहरूले आफ्ना नानीहरूलाई भोक भोकै राखी साथीलाई मद्दत गर्छन्।’ |
| 6. | परमेश्वरले अरूहरू अघि मेरो बदनाम गर्नुभयो। मानिसहरूले मेरो मुखमा थुक्छन्। |
| 7. | मेरो आँखाहरू प्राय अन्धा बराबर भइसके किनभने म साह्रै दुःखी छु अनि अत्यन्तै पीडामा छु। मेरो सारा शरीर छायाँ जस्तै हल्का भएको छ। |
| 8. | धार्मिक मानिसहरू यसमा शोकित हुन्छन्। अधर्मी मानिसहरूको कारणले निर्दोष मानिसले कष्ट पाउँछ। |
| 9. | तर इमान्दार मानिसहरू सही ढंगमा लगातार बसिरहन्छन्। विधि पूर्वक शुद्ध हात भएको मानिस अझ बलियो बनिन्छ। |
| 10. | तर तिमीहरू सबैजना आऊ, यी सबै भुल मेरै हुन भनी देखाउने कोशिश गर। तिमीहरू माझ मैले ज्ञानी मानिस पाउन सक्तिन। |
| 11. | मेरो जीवन बितिरहेछ। मेरो योजनाहरू नष्ट भइरहेछ। मेरो इच्छा मर्यो। |
| 12. | तर मेरो सारा मित्रहरू सालेमाले भए। तिनीहरू रातलाई दिन सोच्छन तिनीहरू अन्ध्यारोले उज्यालो भगाउँछ भनेर सोच्छन्। |
| 13. | म चिहानलाई मेरो नयाँ घर भनेर आशा गरौंला अंध्यारो चिहानमा मेरो ओछयान बनाउँने आशा गरौंला। |
| 14. | म चिहानलाई भन्न सक्छु, ‘तपाईं मेरा पिता हुनुहुन्छ, अनि कीरालाई, ‘मेरी माता’ अथवा ‘मेरी बहिनी भन्न सक्छु।’ |
| 15. | तर त्यति नै मेरो आशा हो भने तब मेरो अरू कुनै आशा छैन्। यदि त्यति नै मात्र मेरो आशा हो भने तब मानिसहरूले मलाई आशा शून्य पाउँनेछन्। |
| 16. | के मेरो आशा मसँगै मरेर जानेछ? के यो मृतलोकमा जानेछ? के हामी साथसाथै मैला धूलोमा सँगै जानेछौं?” |
| ← Job (17/42) → |