← Job (16/42) → |
1. | तब अय्यूबले जवाफ दिए, |
2. | मैले पहिलाबाट “यी कुराहरू सुनेको हुँ। तिमीहरू तीनजना मानिसहरूले मलाई दुःख दिइरहेकाछौ, सान्तवना होइन। |
3. | तिमीहरूका लामा भाषणहरू कहिले सिद्धिने होइन। किन तिमीहरूको तर्कहरू तन्काई रहन्छौ? |
4. | तिमीहरूले भनेकै कुराहरू म पनि भन्न सक्थें यदि तिमीहरूसँग मेरो जस्तै संकटहरू भए। म तिमीहरूलाई ज्ञानी कुराहरू सुनाउन सक्थे अनि मेरो टाउको तिमीहरूतिर हल्लाउथें। |
5. | तर म तिमीलाई उत्साह दिउँला अनि मैले भनेका कुराहरूसँग आशा जगाई दिउँला। |
6. | मैले जे भने पनि मेरो पीडा केहीबाट हरण हुने छैन, तर चुपचाप बसिरहनु पनि लाभ छैन। |
7. | हे परमेश्वर, साँचो रूपमा, तपाईंले मेरो शक्ति लैजानु भयो। तपाईंले मेरो सबै परिवार तहसनहस पारिदिनु भयो। |
8. | तपाईंले मलाई दुब्लो-पातलो बनाइदिनु भयो, अनि मानिसहरूलाई त्यसले मलाई दोष्याउने कारण उब्जाउँछ। |
9. | परमेश्वर क्रोधित हुनुभयो अनि मेरो शरीरलाई एउटा सिंहले झैं आक्रमण गर्नु भयो। मेरो शरीर टुक्रा-टुक्रा पारी च्यात्नु भयो। अनि मेरो शत्रुहरूले मलाई तिनीहरूको घृणित नजरले हेरे। |
10. | मानिसहरूले मेरो वरिपरि थुप्रेर, तिनीहरूले मलाई हाँसोको पात्र बनाए अनि थप्पड लगाए। |
11. | परमेश्वरले मलाई दुष्ट मानिसहरूकहाँ दिनु भयो। मलाई दुःख दिओस् भनेर उहाँले कुकर्मीहरूलाई छोडी दिनुभयो। |
12. | जबसम्म परमेश्वरले मलाई घाँटीमा समात्नु भएन अनि मलाई टुक्रा-टुक्रा पार्नु भएन तबसम्म प्रत्येक कुरो राम्रै भइरहेको थियो। तब उहाँले मलाई पहिलेकै अवस्थामा ल्याउनु भयो र मलाई उहाँको तारोको रूप प्रयोग गर्नुभयो। |
13. | परमेश्वरका धनुर्धारीहरू मेरो वरिपरि छन्। उहाँले मेरो मिर्गौलामा काँढले हान्नु भयो। उहाँले ममाथि दयाभाव देखाउनु भएन उहाँले मेरो पित्त भुईंमा फुटाउनु भयो। |
14. | घरिघरि परमेश्वरले मलाई आक्रमण गर्नुहुन्छ। उहाँ एक सिपाही युद्धभूमिमा दौडे जस्तो दगुर्नुहुन्छ। |
15. | म अत्यन्त उदास छु, यसैले म त्यस्ता उदासी पोषाकहरू लगाउँछु। म यहाँ धुलोमुलो र खरानीको थुप्रोमा बस्छु, अनि म पराजित भएको ठान्छु। |
16. | रूँदा-रूँदा मेरो अनुहार रातो भइसक्यो। मेरो आँखा वरिपरि कालो गोलो रेखाहरू छन्। |
17. | मैले कसैलाई नोक्सान गरेको छैन। तर त्यस्ता अप्रिय घटनाहरू मकहाँ आई लाग्यो। मेरा प्रार्थनाहरू उचित र चोखा छन्। |
18. | पृथ्वी, गल्ती कुराहरू नलुकाऊ जुन ममाथि आइपर्यो। मेरो न्यायको पुकारलाई नरोक। |
19. | अहिले पनि त्यहाँ स्वर्गमा कोही छ जो मसँग बोल्नु हुन्छ। त्यहाँ माथि कोही त छ जसले मेरो लागि साक्षी दिनेछ। |
20. | मेरो साथीहरूले मलाई हप्काउँछ। मेरा आँखहरूबाट परमेश्वरका निम्ति आँशु बग्छ। |
21. | तर परमेश्वर अघि उसले मेरो विषयमा साथीको लागि न्याय गरिदिने मानिसले झैं बोलिदिन्छ। |
22. | केही वर्षमा म नफर्किने ठाउँमा जानेछु। |
← Job (16/42) → |