← Job (14/42) → |
1. | अय्यूबले भने, “हामी सबै मानिसहरू हौं। हाम्रो आयु छोटो अनि संकटहरूले भरिएको छ। |
2. | मानिसको जीवन एउटा फूल जस्तो छ। चाँडो उम्रन्छ अनि त्यसपछि झरेर जान्छ। यहाँ मानिसको जीवन एउटा छायाँ जस्तो यहाँ छोटो समयको लागि छ। अनि त्यसपछि यो बिलाएर जान्छ। |
3. | त्यो सत्य हो, तर परमेश्वरले, म प्रति हेर्नु हुनेछ, एउटा मानिस? अनि तपाईं न्यायलयमा मसँग आउनु हुनेछ अनि हामी दुवैले आफ्ना तर्कहरू प्रस्तुत गर्छौ? |
4. | “म इच्छा गर्छु कसैले केही मैला चीज लिएर त्यसलाई सफा पारोस। तर कसैले पनि त्यसो गर्न सक्तैन। |
5. | मानिसको जीवन सीमित छ परमेश्वर तपाईंले निर्णय गर्नुभयो कति लामो मानिस बाँच्छ? तपाईंले ती सीमाहरू एकजना मानिसका निम्ति बनाउँनु भयो अनि कसैले पनि परिवर्तन गर्न सक्दैन। |
6. | यसैले परमेश्वर, हामीलाई हेर्न छोडिदिनु हवस। हामीलाई एक्लो छोडि दिनुहोस् ताकि हामी हाम्रो मेहनती दिनहरूमा सन्तुष्ट भई बस्न सकौं। |
7. | त्यहाँ एउटा रूखको आशा छ। यदि यो काटियो भने, त्यो फेरि उम्रनेछ। त्यसमा नयाँ हाँगाहरू पलाउनेछ। |
8. | यसको जराहरू भूईंमा बुढो भएर उम्रेला अनि यसको ठुटो मैलोमा सडनेछ। |
9. | तर पानीमा यो फेरि उम्रनेछ। यसले नयाँ उद्भिद् जस्ता हाँगाहरू उमार्नेछ। |
10. | 0तर जब मानिस मर्छ, ऊ लोप हुन्छ। जव मानिस मर्छ, उसको अन्त हुन्छ। |
11. | नदीहरू सूखा नभइञ्जेलसम्म तिमीहरूले पानी समुद्रबाट लैजान सकौंला, अनि मानिस अझ मृत नै हुनेछ। |
12. | जब कुनै मानिस मर्छ, उ तल ढल्छ अनि उ उठ्दैन। मृत मानिस उठ्न अघाडी आकाश विलिन हुनेछ। होइन। मानिसहरू त्यो निद्राबाट माथि उठ्दैन। |
13. | म चाहन्छु तिमीहरूले मलाई मेरो चिहानमा लुकाई राख्नेछौ। मलाई त्यहाँ लुकाई राख भन्ने कामना गर्छु। जबसम्म तिमीहरूका रीस मर्दैन्। तब तिमीहरूले मलाई सम्झने समय निकाल्ने छौ। |
14. | यदि एकजना मानिस मर्छ, के ऊ फेरि जीउँदो हुन्छ? तबसम्म म पर्खुला जबसम्म म स्वतन्त्र हुन नसकुँला |
15. | परमेश्वर, तपाईंले मलाई बोलाउनु हुनेछ अनि म तपाईंलाई जवाफ दिनेछु। तब तपाईंले सिर्जना गर्नु भएको मानिसहरूसित बस्न तपाईंले इच्छा गर्नुहुनेछ। |
16. | तब तपाईंले मेरो प्रत्येक पाइलालाई ध्यान दिनुहुन्छ, तर तपाईंले मेरो पापहरू सम्झनु हुन्न। |
17. | तपाईंले मेरो पापहरूलाई थैलोमा मोहर लगाएर राख्नु हुनेछ। मेरा अपराधहरू ढाक्नु हुनेछ। |
18. | पर्वतहरू ढल्छ अनि टुक्रा-टुक्रा भएर जान्छ। विशाल चट्टानहरू फुस्केर टुक्रिए र झर्छन्। |
19. | पानी ढुङ्गहरूमाथि बहँदा तिनीहरूलाई खियाउँछ बाढीहरूले मैदानको माटो काटिदिन्छ। त्यस्तै प्रकारले, परमेश्वर, तपाईंले मानिसहरूका आशाहरू नष्ट पारिदिनुहुन्छ। |
20. | तपाईंले तिनीहरूलाई पूर्णरूपले पराजित गरेर मात्र फर्केर जानु हुन्छ। तपाईंले तिनीहरूलाई दुःखी बनाउनु हुन्छ। अनि सदाको लागि टाढा मृतलोकमा पठाइदिनु हुन्छ। |
21. | यदि उहाँका छोराहरूका सम्मानित, उहाँलाई कहिल्यै थाहा हुँदैन। यदि उहाँका छोराहरूले गल्ती काम गरे भने उहाँले कहिल्यै देख्नुहुन्न। |
22. | त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ, अनि उ आफ्नै लागि चिच्याएर रून्छ।” |
← Job (14/42) → |