← Job (12/42) → |
1. | तब अय्यूबले तिनीहरूलाई जवाफ दिएः |
2. | “निःसन्देह तिमी सोच्छौ तिमी मात्र ज्ञानी पुरूष हौ तिमी सोच्छौ जब तिमी मर्छौ ज्ञान पनि तिमीसँगै जानेछ। |
3. | तर मेरो मन तिम्रो जस्तै नै छ। तिमी जतिकै होशियारी म पनि छु। कसैले पनि यो सत्यलाई देख्न सक्छ। |
4. | मेरो मित्रहरू म प्रति अब हाँसो उडाऊ। तिनीहरू भन्छन, ‘उसले परमेश्वरलाई प्रार्थना गर्यो अनि उसले आफ्नो जवाफ पायो त्यसैले यी सारा दुष्ट कुराहरू उमाथि आइलाग्यो।’ म एक असल मानिस हुँ, म निर्दोष छु। तर तिनीहरू अझ ममाथि हाँस्छन्। |
5. | दुःखमा नपरेका मानिसहरू दुःखमा पर्नेहरूमाथि हाँस्छन। जब उसको खुट्टा चिप्लिन्छ तिनीहरू उसलाई तिरस्कार गर्न तत्पर रहेका हुन्छन्। |
6. | तर चोरहरूको घरले तिनीहरूको टाउको दुःखाउदैन। मानिसहरू जसले परमेश्वरलाई क्रोधित पार्दछ ऊ शान्तिमा वस्दछ, अनि तिनीहरूको आफ्नो बल नै देवात हुन्। |
7. | तर पशुहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई सिकाउने छन्। अथवा हावामा उड्ने चराहरूलाई सोध, तिनीहरूले तिमीहरूलाई भन्नेछन्। |
8. | अथवा पृथ्वीसँग बोल, त्यसले तिमीलाई भन्नेछ। अथवा समुद्रका माछाले तिनीहरूको ज्ञान तिमीलाई बताउनेछ। |
9. | प्रत्येकले जान्दछ कि परमेश्वरले सारा कुराहरू बनाउनु भयो। |
10. | प्रत्येक प्राणीहरू जो बाँच्दछन् अनि प्रत्येक मानिस जसको प्राण छ, सबै परमेश्वरकै शक्तिको अधीनमा छ। |
11. | तर जसरी जिब्रोले भोजनको स्वाद लिए जस्तै, कानहरूले जसरी शब्दहरू सुनेर आनन्द लिए जस्तै हुन्छ र? |
12. | हामी भन्छौ, ‘ज्ञान बूढापाकाहरूमा नै पाइन्छ लामो जीवनले बुद्धि ल्याउँछ।’ |
13. | तर ज्ञान र पराक्रम परमेश्वरको सम्पत्ति हो। राम्रो सल्लाह र बुद्धि उहाँकै हुन्। |
14. | यदि परमेश्वरले कुनै कुरा भत्काउनु भयो भने मानिसहरूले यसलाई फेरि बनाउन सक्दैनन्। यदि परमेश्वरले कसैलाई कैदमा राख्नु भयो भने मानिसले त्यसलाई मुक्त पार्न? सक्दैनन्। |
15. | यदि परमेश्वरले वर्षा रोकिदिनु भयो भने पृथ्वी सूख्खा हुनेछ। यदि परमेश्वरले वर्षालाई छोडिदिनु भयो भने त्यसले पृथ्वीमा बाढी ल्याउनेछ। |
16. | परमेश्वर शक्तिशाली हुनुहुन्छ र सधैं जित्नु हुन्छ। एकजना जसले भुल गर्छ अनि एकजना जसले उसलाई धोका दिन्छ दुवै परमेश्वर कै हुन्। |
17. | परमेश्वरले सल्लाहकार र उसको ज्ञान खोस्नुहुन्छ अनि मुखियाहरूलाई मूर्ख बनाउनु हुन्छ। |
18. | राजाहरूले मानिसहरूलाई कैदमा राख्छन तर परमेश्वरले तिनीहरूलाई छुटकारा दिनुहुन्छ अनि तिनीहरूलाई शक्तिशाली बनाउनु हुन्छ। |
19. | उहाँले पूजाहारीहरू आफ्नो कब्जामा राख्नुहुन्छ अनि ज-जसले आफैंलाई सुरक्षित देख्छन तिनीहरूलाई पराजित पार्नुहुन्छ। |
20. | परमेश्वरले विश्वासी सल्लाहकारहरूलाई चुप पार्नुहुन्छ। उहाँले बूढापाकाहरूको ज्ञान खोसी लैजानुहुन्छ। |
21. | परमेश्वरले मुखियाहरूलाई महत्वहीन बनाउनु हुन्छ। उहाँले शासकहरूको शक्ति खोसेर लैजानु हुन्छ। |
22. | परमेश्वरले अन्धकारका गहिरो रहस्यहरू सम्म थाहा पाउनु हुन्छ। उहाँले त्यस्ता मृत्यु भन्दा कडा अन्धकारमा पनि प्रकाश पठाउनु हुन्छ। |
23. | परमेश्वरले जाति-जातिहरूलाई ठूला र शक्तिशाली बनाउनुहुन्छ, अनि तिनीहरूलाई ध्वंश पार्नुहुन्छ। उहाँले जातिहरूलाई विस्तार गराउनु हुन्छ त्यसपछि त्यहाँका जनसमूहलाई छरपष्ट पार्नुहुन्छ। |
24. | परमेश्वरले शासकहरूलाई मूर्ख बनाउनु हुन्छ। उहाँले तिनीहरूलाई जङ्गलमा उदेश्यहीन भौतारिरहेको पार्नुहुन्छ। |
25. | ती मुखियाहरू त्यस मानिस जस्ता हुन जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ। तिनीहरू मताहा मानिस जस्ता हुन्छन जसलाई कहाँ गइरहेछु भन्ने होश हुदैन।” |
← Job (12/42) → |