← Job (10/42) → |
1. | म आफ्नो जवीनलाई घृणा गर्दछु। यसकारण म स्वतन्त्र रूपमा गुनासो पोख्नेछु। मेरो मन एकदमै तितो छ, यसकारण अब म बोल्नेछु। |
2. | म परमेश्वरलाई भन्ने छुः ‘मलाई दोष नदिनु होस्। मलाई भन्नुहोस, मैले के गल्ती गरेको छु? मसित विरोध गर्ने तपाईंसंग के कारण छ? |
3. | परमेश्वर, मलाई चोट पार्दा तपाईं खुशी हुनुहुन्छ? यसले के देखिन्छ भने तपाईंले जे बनाउनुभयो त्यसको वास्ता गर्नुहुन्न। अथवा तपाईं त्यो दुष्ट मानिसहरूले बनाएको योजनाहरूसित खुशी हुनुहुन्छ। |
4. | परमेश्वर, तपाईंसँग मानवी आँखाहरू छन्? तपाईं मानिसहरूले देखे जस्तै देख्नु हुन्छ? |
5. | के तपाईंको आयु मानिसको जस्तै छोटो छ? के तपाईंको जीवन हाम्रो जस्तै क्षणिक छ? |
6. | तपाईंले मेरो दोष खोज्नु हुन्छ अनि मेरो पाप खोज्नु हुन्छ। |
7. | म निर्दोष छु भनेर तपाईं जान्नु हुन्छ तर कसैले पनि मलाई तपाईंको शक्तिदेखि बचाउन सक्तैन। |
8. | परमेश्वर, तपाईंको हातले मलाई बनाउनु भयो अनि मेरो शरीरको आकार बनाउनु भयो। के तपाईंले मलाई नष्ट गर्नु हुन्छ? |
9. | परमेश्वर, सम्झनु होस्, तपाईंले मलाई माटोबाट बनाउनु भयो। के फेरि तपाईंले मलाई माटोमा नै परिणत गर्नुहुन्छ? |
10. | तपाईंले मलाई दूध सरह पोखाउनु भयो तपाईंले मलाई घुमाउनु भयो र कसैले पनीर बनाए जस्तै निचोर्नु भयो। |
11. | तपाईंले मलाई हड्डी र मांसपेशीहरूमा राख्नु भयो। अनि तपाईंले मलाई मासु अनि छालाले पहिर्याउनुभयो। |
12. | तपाईंले मलाई जीवन दिनु भयो अनि म प्रति धेरै दया दर्शाउनु भयो। तपाईंले मेरो हेरचाह गर्नुभयो अनि मेरो आत्मालाई जगाउनु भयो। |
13. | तर तपाईंले हृदयमा यो के लुकाउनु भयो, म जान्दछु तपाईंले हृदयमा के गोप्य योजना गर्नु भएको छ। हो तपाईंको मनमा के छ ? म जान्दछु। |
14. | यदि मैले पाप गरें भने तपाईंले देख्नु हुन्छ। यसैले गल्ती काम गर्दा तपाईंले दण्ड दिन सक्नु हुन्छ। |
15. | जब म पाप गर्छु, म दोषी हुन्छु अनि यो मेरा निम्ति एकदम नराम्रो हुन्छ। तर म निर्दोष भएता पनि आफ्नो शिर उठाउन सक्तिनँ। म अपमानित तथा चिन्ताग्रस्त छु। |
16. | यदि म सफल हुँदा र गर्व गर्दा, तपाईंले मलाई चोट पुर्याउनु भयो, जसरी एकजना मानिसले सिंहलाई चोट दिंदछ त्यसरी नै तपाईंले फेरि मेरो विरूद्ध शक्ति देखाउनु भयो। |
17. | तपाईंसँग मेरो गल्ती प्रमाणित गर्ने सधैं एकजना रहन्छ। एउटा सेनाको पछि अर्को सेना मेरो विरूद्ध पठाए जस्तै तपाईंले ममाथि रीस घरि-घरि देखाउनु हुन्छ। |
18. | यसकारण, परमेश्वर मलाई किन जन्म दिनु भयो? म इच्छा गर्छु मलाई कसैले देख्नु अघि नै म मरेको हुनु पर्थ्यो। |
19. | म इच्छा गर्छु म कल्यिै नबाचेको भए हुने थियो। आमाको कोखबाट सोझै चिहान तिर मलाई डोर्याएको भए हुने थियो। |
20. | मेरो जीवन प्रायः बितिसकेको छ। यसकारण मलाई एक्लो छोडी दिनु होस्। |
21. | जुन अँध्यारो, मृत्यु स्थान जहाँबाट कुनै मानिस फर्कदैन त्यस ठाउँमा जानु भन्दा अघि मेरो अलिकति बाँचेको समय मलाई उपभोग गर्न दिनुहोस्। |
22. | अन्धकार, छायाँ र अन्योल जसलाई कसैले देख्न सक्तैन अनि त्यो ठाउँ जहाँ प्रकाश पनि कालो हुँदछ म त्यस्तो ठाउँमा पुग्न भन्दा पहिला, अघिनै मैले छाडेको थोरै समय मलाई उपभोग गर्न दिनुहोस्। |
← Job (10/42) → |