← Jeremiah (49/52) → |
1. | यो सन्देश अम्मोनवासीहरूसित सम्बन्धित छ परमप्रभु भन्नुहुन्छ “अम्मोनवासी हो! के तिमीहरू ठान्छौ कि इस्राएलका मानिसहरूका नानीहरू छैनन्? के तिनीहरूका अभिभावकहरू जमीनको उत्तराधिकारीहरू छैनन्? तब किन मल्कामले गादको जमीन लियो? किन उसको मानिसहरू उसका शहरहरूमा बस्छन्?” |
2. | परमप्रभु भन्नुहुन्छ, “अम्मोनको रब्बाले युद्धको स्वर सुन्ने समय आउनेछ। रब्बा एउटा नष्ट पहाड हुनेछ। वरिपरिका सबै गाउँहरू जलाइनेछन् र जसले तिनीहरूलाई बलपूर्वक निकालेका थिए तिनीहरूलाई इस्राएलका मानिसहरूले बाहिर निकाल्नेछन्।” यो सन्देश परमप्रभुबाट थियो। |
3. | “हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ऐ शहर ध्वंस भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी र अधिकारीहरूसित निष्कासन हुन्छ। |
4. | तिमीहरूले आफ्नो शक्तिमा घमण्ड गर्यौ। तर तिमीहरूको शक्ति क्षय भएर गइरहेको छ। हे अविश्वासी छोरी! तिमीले आफ्नो सम्पत्तिमा भरोसा गर्यौ अनि ठान्यौ कि कसैले पनि तिमीमाथि आक्रमण गर्नेछैन्।” |
5. | सेनाहरूका परमप्रभु मेरो मालिक भन्नुहुन्छ “प्रत्येक पक्षबाट म तिमीहरूका निम्ति भय ल्याउनेछु। तिमीहरू सबैलाई खेदिनेछ अनि शरणार्थीहरूलाई भेला पार्ने कोही हुने छैन्।” |
6. | “त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो। |
7. | यो सन्देश एदोनसित सम्बन्धित छ। सेनाहरूका परमप्रभु भन्नुहुन्छ “के तेमानमा केही ज्ञान बाँचेको छैन? के मानिसहरूको विवेकबाट परार्मश नष्ट भएर गयो? के तिनीहरूले आफ्नो विवेक हराए? |
8. | हे ददानका मानिसहरू हो, भाग, लुक! किनभने म एसावलाई उसको कर्मको लागि दण्ड दिने छु। |
9. | जब मानिसहरूले अङ्गुर फल बटुल्छन्, तिनीहरूले केही छाडछन्। जब राती चोरहरू आउँछन् तिनीहरूलाई जति चाहिन्छ त्यति मात्र लैजान्छन्। |
10. | तर एसावबाट म प्रत्येक कुराहरू लैजानेछु। म यसका गुप्त ठाउँहरूको पनि पत्तो लाउने छु अनि उ मबाट लुक्न पाउने छैन। उसका नानीहरू, आफन्त र छिमेकीहरू सारा सडनेछन् अनि एसाव अस्तिवहिन हुनेछ। |
11. | आफ्ना अनाथहरूलाई छाडिदेऊ। म तिनीहरूलाई सुरक्षा दिनेछु। तिमीहरूका विधवाहरूले ममाथि भरोसा राखुन्।” |
12. | परमप्रभु भन्नुहुन्छ, “कतिपय मानिसहरू दण्डका पात्र छैनन्, तर तिनीहरू पीडित भए। तर एदोम तिमी दण्डको पात्र हौ। यसर्थ तिमी निश्चय दण्डित हुनेछौ। तिमी यसबाट मुक्त हुने छैनौ।” |
13. | परमप्रभु भन्नुहुन्छ, “म आफै यो प्रतिज्ञा गर्छु कि बोज्रा ध्वंस हुनेछ अनि एक खिसीको पात्र हुनेछ। यो बेकामे र अभिशाप हुनेछ। ब्रोजा वरिपरिका जम्मै शहरहरू सदा-सर्वदाको निम्ति नष्ट हुनेछन्।” |
14. | मैले परमप्रभुबाट यो सन्देश सुनेको छु। उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ “आफ्ना सिपाहीहरूलाई भेला गर अनि एदोम विरूद्ध अघि बढ। |
15. | एदोम, म तिमीलाई जाति-जातिहरू मध्ये एकदमै निम्न पार्नेछु। प्रत्येक मानिसले तिमीलाई घृणा गर्नेछन्। |
16. | एदोम! तिमीहरूले अन्य जाति-जातिहरूलाई भयभित पार्यौ अनि स्वयंलाई महान ठानेका छौं। तर तिमीहरू आफैलाई मूर्ख बनायौ। तिम्रा गर्वले तिमीलाई धोका दियो। तिमी फुटेको चट्टानमा बस्छौ; उच्च पहाडहरूमा बस्छौ। तर यदि तिमीले आफ्ना घर चीलको गुँड भन्दा माथि बनायौ भने पनि म तिमीलाई तल झार्नेछु।” |
17. | परमप्रभु भन्नुहुन्छ, “एदोम शोकको दृश्य बनिने छ अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन् अनि यसका घाउहरूमा खिसी गर्नेछन्। |
18. | एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन् अनि त्यहाँ कोही पनि बस्ने छैन्।” परमप्रभुले यसो भन्नुभयो। |
19. | “यर्दन नदी नजिक बाक्लो जङ्गलबाट कहिले काहीं निस्कने अनि जहाँ मानिसहरू आफ्नो खेतमा भेडा र गाई वस्तुहरू राख्छन् म त्यहाँ जाने सिंह जस्तै हुँ। म एदोममा जान्छु। म मानिसहरूलाई खेदो ल्याउनेछु। जसलाई म मन पराउँछु उसलाई यहाँ नियुक्त गर्छु। म जस्तो को छ? कसले मलाई चुनौती दिन सक्छ? कुनै गोठाला मेरो अघि उभिनै सक्तैन।” |
20. | एदोम र तेमानका मानिसहरूका निम्ति परमप्रभुले बनाउनु भएको योजना सुन। तिनीहरूले थुमाहरू घिस्यार्नेछन्। उसले तिमीहरूको खेत सम्पूर्ण नष्ट पार्नेछ। |
21. | एदोमका पतनको आवाजले पृथ्वी थर्किनेछ। तिनीहरूका विलाप लाल समुद्र सम्मै सुनिनेछ। |
22. | अक्कासिने चील उँभो बेगले तल झरी आफ्नो पखेटा बोज्रामाथि फिँजाउनेछ। त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ। |
23. | यो सन्देश दमिशक शहरसित सर्म्पकित छ “हमात र अर्पादका शहरहरू भयभीत छन् किनभने तिनीहरूले कुल्छिनको खबर सुनेका छन्। तिनीहरू डरले पग्लिए। तिनीहरू शान्त हुन नसक्ने समुद्र झैं कष्टमा छन्। |
24. | दमिशक शहर कमजोर भयो। मानिसहरू भाग्न चाहन्छन्। आंतकले तिनीहरूलाई समातेको छ। तिनीहरूले शोक र प्रसव वेदनामा परेकी स्त्रीले झैं वेदना अनुभव गरिरहेका छन्। |
25. | मानिसहरूले प्रसिद्ध शहर, ‘आनन्दको शहरलाई’ किन छोडेका छैनन्। |
26. | यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा। उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ। |
27. | “म दमिशकको पर्खालहरूमा आगो लगाईदिनेछु। त्यो आगोले बेनहददका किल्लाहरू पूर्ण रूपले जलाइदिनेछ।” |
28. | यो सन्देश केदार र हासोरको परिवार समूहको विषयमा छ। बाबेलका राजा नबूकदनेस्सरले तिमीहरूलाई पराजित पारे। परमप्रभु भन्नुहुन्छ “जाऊ र केदारलाई आक्रमण गर। पूर्व दिशाका मानिसहरूलाई ध्वंस पार। |
29. | तिनीहरूको पालहरू, भेडाका बगालहरू, पालका पर्दाहरू र तिनीहरूका चीजहरू लगिनेछ। शत्रुले तिनीहरूका ऊँटहरू लगेर जानेछन्। मानिसहरू तिनीहरू प्रति चिच्याउने छन्। डरलाग्दा कुराहरू चारैतिर भई रहेको छ। |
30. | भाग! छिटो भाग! हे हासोरका मानिसहरू, लुक्ने ठाउँहरू खोज किनभने बाबेलको राजाले तिमीहरूलाई परास्त पार्नु एउटा युक्ति साँधेकोछ।” यो सन्देश परमप्रभुबाट हो। |
31. | “एउटा देश छ जसले आफू सुरक्षित छु भन्ने सम्झन्छ। तिमीहरूको न कुनै फाटक छ न त बार नै छ। तिनीहरू एक्लो बस्छन्। यसकारण उठ अनि तिनीहरूमाथि जाई लाग।” |
32. | शत्रुहरूले तिनीहरूका ऊँटहरू अनि गाई वस्तुहरू लैजानेछन्। आफ्नो केश कुना मिलाएर चिटिक्क पारी काट्ने मानिसहरूलाई म हावामा तितर-बितर पारिदिनेछु। सबै तिरबाट म तिनीहरूमाथि संकटहरू ल्याइदिनेछु।” यो परमप्रभुको सन्देश हो। |
33. | “हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ। त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिडड्डल गर्ने छैन। सधैका निम्ति यो एक शून्य उजाड मरूभूमि जस्तै हुनेछ।” |
34. | सिदकियाह यहूदाका राजा भएको प्रारम्भिक कालमा अगमवक्ता यर्मियाले परमप्रभुबाट एउटा सन्देश प्राप्त गरे। यो सन्देश एलामको विषयमा थियो। |
35. | सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “हेर, म एलामको धनु भाँचिदिनेछु। धनु एलामको सबभन्दा श्रेष्ठ हतियार हो। |
36. | म आकाशको चारै कुनाबाट एलामको विरूद्ध हावा ल्याउनेछु। म एलामको मानिसहरूलाई पृथ्वीको सबै ठाउँहरूमा जहाँ चारैदिशाबाट हावा बहन्छ त्यहाँ छरपष्ट पारिदिन्छु कैदीहरूलाई हरेक जातिमा खेदी पठाउनेछु। |
37. | म एलामलाई तिनीहरूका शत्रुहरू जसले तिनीहरूलाई मार्नु खोजिरहेकाछन् तिनीहरूकै अघि चक्नाचूर पारिदिनेछु। म एलाममाथि डरलाग्दो सङ्कटहरू ल्याउनेछु। मेरो उग्र रीस म तिनीहरूलाई देखाउनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “म तिनीहरूलाई खेद्न तरवार पठाउँनेछु अनि त्यो तरवारले तिनीहरू सबैलाई शेष नपारञ्जेल सम्म खेद्नेछ। |
38. | म मेरो सिंहासन एलाममा स्थापित गर्नेछु र त्यहाँका राजा अनि भारद्वारहरूलाई ध्वंस पार्नेछु।” यो परमप्रभुको सन्देश हो। |
39. | “तर पछिल्ला दिनमा, एलामबाट जे लुटिएको छ त्यो पुनर्वहाल गर्नेछु।” यो परमप्रभुले भन्नुभयो। |
← Jeremiah (49/52) → |