Isaiah (12/66)  

1. त्यस बेला, तिमीहरू भन्नेछौः “हे परमप्रभु म तपाईंको महिमा गाउँछु! तपाईं मसित रिसाउनु भएको थियो। तर अहिले तपाईंको रिस साम्य भएकोछ अनि मलाई आफ्नो माया देखाउनु भएकोछ।”
2. परमेश्वरले मलाई बचाउनु हुन्छ। म उहाँमाथि भरोसा गर्दछु। म डराउने छैन्। परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ। उहाँले मलाई बचाउनु हुन्छ। अनि म उहाँको महिमाको गुणगान गर्नेछु।
3. तिमीहरूले उद्धारको इनारबाट पानी लेऊ। तब तिमीहरू आनन्दित हुनेछौ।
4. त्यसपछि तिमीहरू भन्नेछौ, “परमप्रभुको प्रशंसा गर! उहाँको नाउँमा आराधना गर! उहाँले गर्नु भएका कामहरूको बारेमा सबै मानिसहरूलाई भन! र उहाँको नाउँ उच्च पारिएको छ भनी घोषणा गर।”
5. परमप्रभुको बारेमा स्तुतिका गीतहरू गाऊ। किन? किनभने उहाँले महान कार्यहरू गर्नु भएकोछ! परमेश्वरको बारेमा सारा संसारै भरि सुसमाचार फैलाऊ। यी कुराहरू प्रत्येक मानिसहरूले जान्न पाउन्।
6. हे सियोनका मानिसहरू हो, यी कुराहरूका बारेमा चिच्याऊ! इस्राएलका परमपवित्र परमेश्वर तिमीहरूका बीचमा शक्तिशाली हुनुहुन्छ। त्यसैले आनन्दित हौऊ!

  Isaiah (12/66)