← Genesis (7/50) → |
1. | त्यसपछि परमप्रभुले नूहलाई भन्नुभयो, “आफ्नो पुरै परिवारसित जहाजमापस किनभने पृथ्वीमा अहिले जीवित रहेका मानिसहरुमा तँ मात्र असल मानिस छस् भनी मैले देखें। |
2. | सात जोडी, सातवटा भाले र सातवटा पोथी शुद्ध पशुहरु र एक जोडी एउटा भाले र एउटा पोथी अशुद्ध पशु। |
3. | अनि सबै जातका चराहरुबाट पनि सातवटा भाले र सातवटा पोथी लिएर जहाजभित्र पसा। यी पशु-चराहरु अरु सबै ध्वंश गरिए पछि यिनीहरुका जातिहरुलाई पृथ्वीमा बचाई राख्नु यी सब तैंले लानु पर्छ। |
4. | अबदेखि सातौं दिनमा म यस पृथ्वीमा चालीस दिन चालीस रात पानी पार्नेछु अनि यस पृथ्वीबाट मैले सृष्टि गरेका सबै जीवित प्राणीहरु ध्वंश पार्नेछु।” |
5. | अनि परमप्रभुबाट भएको आज्ञा नूहले पूर्ण रुपले पालन गरे। |
6. | जब पृथ्वीमा प्रलय आयो न्ह 600 वर्ष पुगेका थिए |
7. | प्रलयबाट बाँच्नको निम्ति नूह आफ्नो छोराहरु अनि पत्नी र बुहारीहरु लिएर जहाजभित्र पसे। |
10. | अनि ठीक सात दिनपछि पृथ्वीमा जल-प्रलयको पानी पर्नलाग्यो। |
11. | नूहको जीवनको 600 वर्षको दोस्रो महीनाको सातौं दिनमा जमीनबाट मूल फुट्यो अनि आकाशमा ठूला-ठूला प्वालहरु बनिए। |
12. | अनि पृथ्वीमा मूसलधारे पानी चालीस दिन चालीस रात एकोहोरो परिरह्यो। |
13. | त्यही दिन नूह, उसकी पत्नी, छोराहरु शेम, हाम र येपेत अनि बुहारीहरु जहाज भित्र गए। |
14. | ती मानिसहरु, प्रत्येक जातका भाले पोथी गरी जोडी जोडी वन पशुहरु, घरमा पालिने पशुहरु, भूँईमा घस्रने जन्तुहरु अनि प्रत्येक जातका चराहरु जहाजमा पसे। |
15. | यी सबै पशु-चराहरु नूहसंगै जहाजमा पसे। सास फेर्ने सबै जीवित प्राणीहरु भाले र पोथीको जोडीको दलमा ती पशु चराहरु जहाजमा आए। |
16. | यी सबै पशुहरु परमेश्वरले नूहलाई दिनु भएको आज्ञा अनुसार जोडी जोडी भएर आए। त्यसपछि परमप्रभुले जहाजको ढोका बन्द गरिदिनु भयो। |
17. | जल प्रलय पृथ्वीमा चालीस दिन चालीस रातसम्म भयो। पानी बढेर जहाजलाई जमीनबाटमाथि उचाल्न थाल्यो। |
18. | पानीको स्तर माथि उठ्यो अनि नाव पानीमा तैरिन थाल्यो। |
19. | पानी यति साह्रो बढयो अग्लो-अग्लो पहाडहरु पनि पानीले ढाकिए। |
20. | एकोहोरो पानी परिरहेकोले पृथ्वीमा यति धेरै पानी भयो अग्ला पहाडहरु पनि पानीमा बीस फिट डुबे। |
23. | यसर्थ पृथ्वीको सतहमा रहने मानिसहरु पशुहरु, घस्रिने जन्तुहरु अनि आकाशमा उड्ने प्राणीहरु परमेश्वरले नष्ट पार्नु भयो। यी सब प्राणीहरुलाई पृथ्वीबाट नष्ट गरियो। केवल नूह र उनीसंगै जहाजमा भएका मानिसहरु र अन्य प्राणीहरु मात्र जीवित रहे। |
24. | एक सय पचास दिनसम्म परेको पानी पृथ्वीमाथि बगिरह्यो। |
← Genesis (7/50) → |