← Exodus (6/40) → |
1. | तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।” |
2. | तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ, |
3. | अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाई भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने। |
4. | मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन। |
5. | इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु। |
6. | यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु। |
7. | तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ। |
8. | मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।”‘ |
9. | यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्। |
10. | तब परमप्रभुले मोशालाई भन्नुभयो, |
11. | “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।” |
12. | तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।” |
13. | परमप्रभुले मोशा र हारूनसंग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसंग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ। |
14. | इस्राएल कुल समूहका अगुवाहरू यिनीहरू हुन्, इस्राएलीको प्रथम पुत्र रूबेन थिए। रूबेनको छोराहरूः हनोक, पल्लू, हेर्सोन र कर्मी थिए। त्यो रूबेनको परिवार थियो। |
15. | शिमोनका छोराहरू हुन् यमूएल, यामिन, ओहद, याकिन, सोहर र शाऊल। (शाऊल कनानी पत्नीबाट जम्मेका छोरा थिए) यो शिमोनको वंश थियो। |
16. | लेवी एक सय सैतीस वर्ष बाँचे अनि उनका छोराहरू गेर्शोन, कहात र मरारी हुन्। |
17. | गेर्शोनका छोराहरू लिब्नी अनि शिमी थिए। तिनीहरूका पनि आफ्नै परिवारहरू थिए। |
18. | कहात एक सय तेत्तिस वर्ष बाँचे अनि तिनका छोराहरू हुन अम्राम, यिसहार, हेब्रोन र उज्जीएल। |
19. | महली अनि मूशीहरू मरारीका छोराहरू थिए। यी सबै परिवारहरू लेवीबाट जन्म भएका थिए। |
20. | अम्राम एक सय सैतीस वर्षसम्म बाँचे। तिनले आफ्नो फूपु (पिताको बहिनी) योकेबेदसित विवाह गरे। अम्राम अनि येकेबेदबाट मोशा र हारून जन्मे अम्राम 137 वर्ष बाँचे। |
21. | यिसहारका छोराहरू हुन् कोरह, नेपेग, र जिक्री। |
22. | मीशाएल, एल्सापान अनि सिथ्री उज्जीएलका छोराहरू थिए। |
23. | हारूनले अम्मीनादाबकी छोरी तथा नहशोनकी बहिनी एलीशेबासित विवाह गरे। हारून र एलीशेबाले नादाब, अबीहू, एलाजार अनि ईतामारलाई जन्म दिए। |
24. | कोरहका छोराहरू (कोरहका पिता-पूर्खाहरू) हुन्, अस्सीर, एलकाना र अबिआसाप। |
25. | हारूनका छोरो एलाजारले पतीएलकी छोरीसित विवाह गरे अनि तिनीबाट पीनहास जन्मे। यी सबै मानिसहरू इस्राएलको छोरो लेवीबाट जन्मेका हुन्। |
26. | हारून र मोशा यही परिवारका हुन। अनि यी दुई जना नै ती मानिसहरू हुन् जोसित परमेश्वरले कुरा गर्नु भयो, “मेरा मानिसहरूलाई दल दलमा मिश्र बाहिर ल्याउनु पर्छ।” |
27. | हारून र मोशा नै ती मानिसहरू हुन जसले मिश्रका राजा, फिरऊनसित कुरा गरे। तिनीहरूले इस्राएली मानिसहरूलाई मिश्रबाट छोडन फिरऊनलाई भने। |
28. | मिश्र देशमा परमप्रभुले मोशासंग कुरा गर्नुभयो र |
29. | उसलाई भन्नुभयो, “म परमप्रभु हुँ। मैले के तिमीहरूलाई जो भने मिश्रको राजा फिरऊनलाई भन।” |
30. | तर मोशाले उत्तर दिए, “म अकुशल वक्ता हुँ, यसर्थ फिरऊनले मेरा कुरा सुन्ने छैनन्।” |
← Exodus (6/40) → |