← Exodus (33/40) → |
1. | तब परमप्रभुले मोशालाई भन्नु भयो, “तिमी र तिम्रा मानिसहरू जसलाई तिमीले मिश्र देशबाट ल्याएका छौ त्यो ठाउँबाट गईहाल। अनि तिमीहरू त्यो भूमिमा जाऊ जुन मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई वचन दिएर भनेको थिएँ, तिमीहरूका भावी सन्तानलाई म त्यो भूमि दिनेछु। |
2. | म एकजना स्वर्गदूतलाई तिम्रो अगुवाइ गर्न पठाउनेछु अनि कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी अनि यबूसीहरूलाई तिनीहरूको भूमि छोडन बाध्य गराउनेछु। |
3. | यसर्थ तिमीहरू त्यो भूमिमा जाऊ जुन भूमि असल-असल चीजहरूले भरिभराऊ छ। म तिमीहरूसित जाँदिन र यदि म तिमीहरूसित गएँ भने, हुन सक्छ, तिमीहरूलाई म आधा बाटोमा नै ध्वंश पार्नेछु कारण तिमीहरू अत्यन्तै अट्टेरी छौ।” |
4. | मानिसहरू यस्तो दुःख पूर्ण समाचार सुनेर चिन्तित भए। तिनीहरूले गर-गहनाहरू लगाएनन्। |
5. | परमप्रभुले मोशालाई भन्नु भयो, “इस्राएलीहरूलाई भन, ‘तिमीहरू अट्टेरी छौ। यदि म तिमीहरूसंग केही क्षणका निम्ति पनि जानु पर्ने भए म तिमीहरूलाई ध्वंश पार्ने थिएँ। अब तिमीहरूले आफ्नो गहना निकाल अनि म निश्चय गर्ने छु, तिमीहरूलाई के गर्नुपर्ने हो।”‘ |
6. | यसकारण गहनाहरू होरेब पर्वतमा इस्राएलीहरूले फुकालिदिए। |
7. | मोशाले छाउनी केही अघि लगे अनि छाउनी त्यहाँ बसाले अनि त्यसलाई “भेट हुने पाल”नाउँ दिए। कुनै मानिस जसले परमप्रभुबाट केही माग्ने इच्छा गर्छ ऊ भेट हुने पालमा जानु पर्थ्यो जो छाउनी बाहिर थियो। |
8. | जति बेला मोशा पालमा जान्थे, मानिसहरू तिनको आफ्नै पालहरूको ढोकाहरूमा खडा हुन्थे। जबसम्म उनी भेट हुने पालभित्र पस्दैन थिए। तिनीहरूले मोशालाई हेर्थे। |
9. | मोशा भेट हुने पालमा जान्थे बादलको लामो स्तम्भ झैं माथिबाट तल आउँथ्यो। त्यो बादलको खामो पालको द्वारमा खडा भई पर्खिरहन्थ्यो यसरी परमप्रभुले मोशासंग कुरा गर्नु हुन्थ्यो। |
10. | यसर्थ जब बादलको खम्बालाई मानिसहरूले देख्थे तिनीहरू आफ्नो-आफ्नो पालको द्वारमा गएर परमेश्वरको आराधना गरी निहुरिन्थे। |
11. | यस रीति अनुसार परमप्रभुले मोशासंग साथी जस्तै कुरा गर्नु हुन्थ्यो। परमप्रभसंग कुरा गरिसकेपछि मोशा पालमा फर्कन्थे। तर उसको युवक सहायक नुनको छोरा यहोशू पालभित्र नैं रहन्थ्यो। |
12. | मोशाले परमप्रभुलाई भने, “तपाईंले मलाई यी मानिसहरूलाई अगुवाइ गर्ने आदेश दिनु भयो तर यो भन्नु भएन तपाईंले मसंगै कुन मानिस पठाउनु हुन्छ। तपाईंले मलाई भन्नु भयो, ‘म तिमीलाई राम्ररी जान्दछु र म तिमीसित अत्यन्तै खुशी छु।’ |
13. | यदि मैले तपाईंलाई साँच्चै खुशी पारेको भए मलाई तपाईंका तरीकाहरू बताउनु होस्। म तपाईंलाई जान्न चाहन्छु। तब म तपाईंलाई नित्य प्रसन्न पारिराख्छु। स्मरण रहोस् यी सबै मानिसहरू तपाईंका हुन्।” |
14. | परमप्रभुले उत्तर दिनु भयो, “म आफैं तिमीसित जानेछु र तिम्रो अगुवाइ गर्नेछु।” |
15. | त्यसपछि मोशाले परमप्रभुलाई भने, “यदि तपाईं हामीसित जानुहुन्न भने हामीलाई पनि यस ठाउँबाट नपठाउनुहोस्। |
16. | नत्र हामीहरू कसरी थाहा पाउँछौं तपाईं ती मानिसहरू र मसंग खुशी हुनुहुन्छ। यदि तपाईं हामीसित जानु भएन भने ती मानिसहरूका लागि म र अरू मानिसहरूमा केही भिन्नता रहेन।” |
17. | तब परमप्रभुले मोशालाई भन्नुभयो, “तिमीले जो भन्यौ म गर्नेछु। किनभने म तिमीसंग प्रसन्न छु अनि म तिमीलाई राम्रो जान्दछु।” |
18. | त्यसपछि मोशाले भने, “अब दया गरी मलाई तपाईंको महिमा देखाउनुहोस।” |
19. | तब परमप्रभुले भन्नुभयो, “म मेरा सबै परिपक्क भलो धर्म तिम्रो अघाडी जानमा लागि गर्नेछु। म ‘यहोवा’ मेरो नाउँ घोषणा गर्ने छु, किनभने म परिपक्क कल्याण कार्य र प्रेम आफूले मन पराएको मानिसअघि देखाउने छु। |
20. | तर तिमीले मेरो अनुहारलाई हेर्न असमर्थ हुनेछौ। कुनै पनि मानिसले मलाई हेर्न सक्दैन अनि जिउँदो रहन सक्दैन।” |
21. | “परमप्रभुले भन्नुभयो, हेर मेरो छेउमा एउटा चट्टान छ अनि तिमी यसमा उभिन सक्छौ। |
22. | मेरो महिमा त्यहाँ जाने छ। म तिमीलाई त्यस चट्टानमा लामो चर्केको ठाउँमा बसाउनेछु। अनि जब म त्यहाँ जान्छु मेरो हातले तिमीलाई छोप्ने छ। |
23. | त्यसपछि म मेरो हात हटाउनेछु र तिमीले मेरो पछिल्तिरको भाग देख्नेछौ, तर मेरो अनुहार देख्न सक्ने छैनौ।” |
← Exodus (33/40) → |