← Amos (5/9) → |
1. | हे इस्रएल, यी शोक गीतहरु सुन जुन मैले तिनीहरुको बारेमा गाउँछु। |
2. | इस्राएलकी कन्या सामरिया फेरिकहिल्यै नउठ्ने गरि लडेकीछिन्। उनी आफ्नो भूमिमा कसैले नउठाउनेगरी परित्यक्त छिन्। |
3. | मेरा स्वामी परमप्रभु यो भन्नुहुन्छ,”शहरबाट एक हज्जार मानिसहरु गएर एक सयमात्र फर्केर आए। शहरबाट एक सय मानिसहरु गए र केवल दशजना मात्र इस्राएल राष्ट्रमा फिर्ता आए। |
4. | परमप्रभु इस्राएलका मानिससित यसो भन्नुहुन्छ, “मेरो खोजि गर्दै आऊ अनि बाँच्नेछौ |
5. | तर बेतेललाई नखोज, गिलगाल मा नजाऊ, सिमानापार नगर। अनि बेर्शेबामा नजाऊ। गिलगालका मानिसहरुलाई कैदमा लगिनेछ। अनि बेतेललाई नष्ट पारिदिनेछ। |
6. | परमप्रभुकहाँ आऊ र तिमीहरू बाँच्नेछौ। यदी तिमीहरु परमप्रभुकहाँ गएनौ भने उहाँले इस्राएल राष्ट्र माथि आगोले झैं झम्टनु हुनेछ। इस्राएल राष्ट्र आगोले ध्वस्त पारिनेछ र परमेशवरको घर समेत कोही सुरक्षित हुनेछैन। |
7. | हे मानिस हो! तिमीहरु किन न्यायलाई तिक्तातामा र धर्मलाई घृणासरह व्यवहार गर्छौ? |
10. | तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ। |
11. | अत्यचार र लुटद्वारा तिमाहरुले गरीवहरुलाई कुल्चेकाछौ। तिमीहरुले तिनिहरुको खाना लुटेकाछौ। कुँदिएका ढुङ्गाका घरहरु बनाउन त्यो बेचेकाछौ। तर तिमीहरु यी राम्रा घरहरुमा बस्नेछौनौ, तिमीले राम्रा-राम्रा दाखका बोटहरु लगाएकाछौ तर तिमीले त्यसबाट बनेको दाखरस पिउन पाउने छैनौ। |
12. | मलाई थाहाछ तिमीहरुका धेरै डरलाग्दा पापहरु र ठुलो अपराध बिषयमा मलाई थाहा छ। तिमीहरुले धर्मीहरुको बिरोध (खेदो) गर्यौ र गरीबहरुलाई अत्यचार गर्न घुस लियौ। |
13. | त्यस समयमा बुद्धिमानहरु चुप लाग्ने छन्। किन? किनभने यो समय खराब छ। |
14. | नराम्रो होइन राम्रो गर्ने लक्ष बनाऊ ताकि तिमीहरु बाँच्नेछौ। तब परमप्रभु परमेश्वर सर्वशक्तिमान तिमीहरुसंग हुनुहुनेछ जसरी तिमीहरुले तिमीहरुसित उहाँ हुनुहुन्छ भनेका छौ। |
15. | खराबीलाई घृणागर अनि भलाईलाई प्रेम गर। न्यायलयमा न्यायमा फर्कार्इ ल्याऊ, तब सम्भव छ कि सर्वशक्तिमान परमप्रभु परमेश्वरले यूसुफको कुलमा बाँचेका मानिसहरुलाई राम्रो गर्नुहुनेछ। |
16. | त्यसकारण परमप्रभु परमेश्वर सर्वशक्तिमान भन्नुहुन्छ, “सबै सार्वजनिक स्थानमा रोईरहेका छन् र सबै गल्लीहरुमा मानिसहरुले परमेशवरलाई पुकारिरहेका हुनेछन्। तिनीहरुले किसानहरुलाई रूनु र विलाप गर्नु बोलाउनेछन्। तिनीहरुले शोकगर्नेहरुलाई ज्यालामा ल्याउँनेछन्। |
17. | मानिसहरु दाखका सबै खेतहरुमा रूनेछन्। किन? किनकि तिमीहरुको धार्मिक मण्डलीबाट जानेछु र तिमीहरुलाई दण्ड दिनेछु” परमप्रभु यसो भन्नु हुनछ। |
18. | आहा, परमप्रभुको बिशेष दिनलाई पर्खिरहेका तिमीहरु आफैंलाई हेर। तिमीहरु किन परमप्रभुको न्यायको दिन चाहन्छौ? यो एउटा गहिरो दिन हुनेवाला छ उज्यालो होइन। |
19. | तिमीहरु भालुको सन्मुख नहुनलाई भाग्दा कुनै सिंहको अघि पुगेको मानिसजस्तो हुनेछौ, अथवा तिमीहरु एकजना मानिस जान्छ र आराम गर्नु भित्तामा अडेसलागेको बेला साँपले डसेको मानिसझैं हुनेछौ। |
20. | यसकारण परमप्रभुको बिशेष दिन अँध्यारो हुनेछ उज्यालो हैन, यो सोकको समयमा र्हष र उल्लास हुनेछैन। |
21. | “म तिमीहरुको दिनलाई घृणागर्छु। म त्यो स्वीकार गर्दिन। म तिमीहरुको धार्मिक सभाको आनन्द लिनेछैन। |
22. | तिमीहरुसे होमबली र अन्नबली चढाएता पनि म स्वीकार्ने छैन। तिमीहरुले अन्न खुवाएर बलियो पारेको जनावरको शान्तिबलि पनि म स्वीकार गर्नेछैन। |
23. | तिमीहरुका हल्लै-हल्लाको गीतहरु मबाट टाढैराख, म तिमीहरुको वीणाबाट आएको धुन सुन्ने छैन। |
24. | तर न्याय बगोस् पानी सरह र बगोस् धर्म कहिले पनि शेष नहुने खोला झैं। |
25. | हे इस्राएल! के तिमीहरुले जब तिमीहरु चालिस र्बष सम्म मरुभुमिमा थियौ मलाई भेटी चढायौ? |
26. | तिमीहरुले मुर्तिहरुका राजा सिककुतलाई तिमीहरुका राजा अनि तारा देवता कीयूनलाई देवता झैं मानेका छौ। जो तिमीहरुले आफ्नै निम्ति बनायौ। |
27. | यसकारण म तिमीहरुलाई दमीशकस भन्दा पर निर्वासित पार्नेछु।” परमेश्वर सर्वशक्तिमान उहाँको नाउँ हो। |
← Amos (5/9) → |