← Amos (3/9) → |
1. | हे इस्राएलीहरुहो! यो समचार जो परमप्रभुले मिश्रबाट उहाँले ल्याउनु भएका तिम्रा परिवार र तिमीहरुको विरुद्ध भन्नु भएकोछ। |
2. | “विभिन्न धेरै परिवारका मानिसहरुले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरुलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरु मेरो विरुद्धमा खडा भयौ। यसकारण, म तिमीहरुका सबै पापहरुका निम्ति तिमीहरुलाई दण्ड दिनेछु।” |
3. | दुइ जनाको आपसमा सहमत् नभए सम्म संग-संगै हिडन सक्तैनन्। |
4. | के बुढो सिंह जङ्गलमा आफ्नो शिकार पाउनअघि गर्जन्छ? के जवान सिंह शिकार नसमातिकन गुफा भित्र गर्जन्छ? |
5. | जबसम्म तिमीले जालमा चारो हाल्दैनौ चरा पक्रनु सक्दैनौ। अनि जब जाल माथिउठ्छ यसले चराहरु पक्रनेछ। |
6. | के युद्धको तुरहीको ध्वनी सुनेर मानिसहरु डराउँदैनन्? अनि यदि शहरमा कष्टहरु आउँछ भने त्यो परमप्रभुद्वारा पठाइएको हो। |
7. | मेरा स्वामी परमप्रभुले सबै कुरा गर्न सकनु हुन्छ। तर केहिगर्नु अघाडी उहाँले आफ्नो सेवक अगमवक्तालाई योजना देखाउनुहुन्छ। |
8. | यदि कुनै सिंह र्गजियो भने मानिस अवश्य नै डराउँछ भने यदि परमप्रभु बोल्नु हुन्छ भने, उहाँको सूचना घोषणा गर्न कसले उहाँलाई रोकन सक्छ? |
9. | अश्दोद र मिश्रका किल्लाहरुमा यो वचन घोषणा गर, “सामरियाका पहाडहरुमा आऊ। त्यहाँ तिमीले गोलमाल पाउँनेछौ। किन? किनभने त्यहाँ अपराध गरिएको छ। |
10. | तिनीहरु एकअर्कामा सहीतरिकाले बाँच्न जान्नदैनन्। तिनीहरुले तिनीहरुको किल्लामा डकैती र लुटेका मालहरु थुपार्छन्।” |
11. | यसकारण परमप्रभु भन्नुहुन्छ, “त्यो देशमा एकजना शत्रु आउनेछ, त्यो शत्रुले तिमीहरुको सुरक्षा कुल्चिन्छ। उसले तिमीहरुको चिज लिएर जानेछ जुन आफ्नो किल्लामा लुकाएर राखेका छौ।” |
12. | जसरी गोठालोले सिंहको मुखबाट थुमा बचाउँदा उसको दुई खुट्टा र एउटा कान मात्र बचाउन सकला, त्यसरी नै विलासीपूर्ण सोफामा र रेशमी ओछ्यानहरुमा सुत्ने सामरियामा बस्ने इस्राएली मानिसहरु मध्ये कोहि मात्र सुरक्षित रहने छन्। |
13. | मेरा स्वामी सर्वशक्तिमान परमप्रभु परमेश्वर यो कुरा भन्नु हुन्छ, “याकूब को घरनाका मानिसहरुलाई यो कुराहरुको चेतावनी देऊ। |
14. | परमप्रभुले न्याय दिनेदिनमा म इस्राएललाई उसका पापहरुको लागि दण्ड दिनेछु। म बेतेलका वेदी ध्वंश गरिदिनेछु र समस्त वेदी भुँइमाखस्ने बनाउँछु। |
15. | म र्गमिमा बस्ने निवास स्थानका साथै शीतकालिन निवास स्थान पनि नष्ट पारिदिनेछु। अनि हात्तीको दाँतले बनाएका घरहरु पनि नष्ट गरिदिनेछु, धेरै घरहरु नष्ट गरिने छ।” परमप्रभु भन्नु हुन्छ। |
← Amos (3/9) → |