2Samuel (4/24)  

1. शाऊलका छोरा ईश्बोशेतले अबनेरको मृत्युको खबर सुन्छ। ईश्बोशेत र तिनका सबै मानिसहरू डराए।
2. दुइजना मानिसहरू शाऊलका छोरा ईश्बोशेतलाई भेट्न गए। ती दुवै मानिसहरू फौजका कप्तानहरू थिए। तिनीहरूका नाउँ रेकाब र बाना थियो। बेरोतका शिम्मोनका छोराहरू थिए ती दुइ। (बेरोत बिन्यामीन कुल परिवार समूहका अधिनस्त भएकोले तिनीहरू बिन्यामीनी थिए
3. तर बेरोतका सबै मानिसहरू गित्तैममा भागे र अहिले सम्म तिनीहरू त्यहीं छन्।)
4. शाऊलको छोरा जोनाथनका मपीबोशेत नामका छोरा थिए। जब मपीबोशेत पाँच वर्षको हुँदा यिज्रेलबाट शाऊल र जोनाथन मारिएको खबर उसको घरमा आयो। ती शत्रुहरू आइरहेछ भनेर डराइन् मपीबोशेतलाई स्याहार्न उसलाई समातेर टाढ भागिन्। तर जब छिटो-छिटो भाग्न थालीन् त्यो बालक भुइँमा लडयो। यसरी उसको दुवै खुट्टा लङ्गडो भयो।
5. बेरोतीका रिम्मोनका छोराहरू रिकाब र बाना मध्यान्हमा ईश्बोशेतको घरमा गए। ईश्बोशेतमा गर्मी भएकोले आराम गरिरहेका थिए।
8. हेब्रोन आइपुगे अनि दाऊदलाई ईश्बोशेतको टाउको सुम्पे। रेकाब र बानाले राजा दाऊदलाई भने, “तपाईंका शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। उसले तपाईंलाई मार्न चाहान्थ्यो। परमप्रभुले शाऊल र उसका परिवारका मानिसहरूलाई आज तपाईंको खातिर सजाय दिनुभयो।”
9. तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ।
10. तर पहिले एकपल्ट एउटाले सोच्यो यो समचार मेरो निम्ति असल थियो र भन्यो, उसले भन्यो, ‘हेर्नु होस् शाऊल मर्यो।’ उसले सोच्यो यो खबर सुनेर म उसलाई उचित पुरस्कार दिन्छु। तर मैले त्यसलाई सिकलगमा मारिदिएँ।
11. यसैकारण तिमीहरू, दुष्ट मानिसहरूले निर्दोष मानिसलाई उसको घर भित्र सुतिरहको बेला मार्यौ, अब म तिमीहरूलाई मारेर उसको मृत्युको बद्ला लिनेछु, अनि म तिमीहरूलाई यस भूमि देखि धपाइनदिनेछु।”
12. यसकारण दाऊदले उसको सैनिकहरूलाई रिकाब र बन्नाहलाई मार्ने आदेश दिए। सैनिकहरूले रिकाबको र शरीरलाई बन्नाहका हात खुट्टाहरू काटेर हेब्रोनको पोखरीको छेउमा झुण्ड्याए। तब तिनीहरूले ईश्बोशेतको टाउकोलाई अबनेरको चिहान भित्र हेब्रोनमा गाडे।

  2Samuel (4/24)