← 2Corinthians (12/13) → |
1. | अब मैले गर्व गर्नै पर्छ, यसैले केही फाइदा हुने त होइन। तर म प्रभुको दर्शनहरू र सत्य प्रकाशहरू बारे बोली नै रहनेछु। |
2. | म ख्रीष्ट विश्वासी एक जना यस्तो मानिसलाई चिन्छु जसलाई तेस्रो स्वर्गमा सोझै उचालि लगेको थियो। यो चौदह र्वष अघिको कुरो हो। त्यस मानिसलाई शरीष्ठ्वरसितै वा शरीर बिना लगिएको थियो त्यो त म जान्दिनँ तर परमेश्वर जान्नुहुन्छ। |
5. | म त्यसतो मानिसको गर्व गर्नसक्छु। तर म आफ्नै बारेमा गर्व र्गदिनँ। आफ्नो त दुर्बलताहरूकै मात्र गर्व गर्नेछु। |
6. | यदि मैले आफ्नो बारेमा गर्व गरिन भने म मूर्ख हुने छैन, मलाई मूर्ख भन्न सक्तैन कारण म सत्य बोल्छु। तर म आफ्नो बारेमा गर्व र्गदिनँ। किन? किन कि म चाहँदिन कि तिनीहरूले मैले गरेको देख्छन् अथवा भनेको सुन्छन् त्यस भन्दा ज्यादा मेरो बारेमा सोचोस्। |
7. | मैले देखेका आश्चर्यजनक कुराहरूलाई लिएर म र्गवित हुँदिन। मलाई एउटा दुःखको समस्या दिएको थियो। त्यो समस्या शैतानबाट आउने एउटा दूत हो त्यो मलाई पिट्न र घमण्ड गर्नु बाट रोक्न पठाइएको थियो। |
8. | यस समस्याबाट बाँच्नलाई मैले प्रभुसित तीन पटक बिन्ती गरें। |
9. | तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ। दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ।” यसैले म आफ्नो दुर्बलातको गर्व खुशीसित गर्छु। तब ख्रीष्टको शक्ति ममाथि रहनेछ। |
10. | यसैले ख्रीष्टको निम्ति आफ्नो दुर्वलताहरूमा म खुशी छु। यदि कसैले मेरो निन्दा गरे पनि, जब म अप्ठेरो अवस्थामा पर्छु, सताइन्छु औ कष्टमा पर्छु, म खुशी हुन्छु। यी सब ख्रीष्टका लागि हुन्। अनि म यी सहमस्याहरूमा प्रसन्न छु। जब म दुर्वल छु, तब त्यही बेला म वास्तवमा पाउछु र बलवन्त हुन्छु। |
11. | म मूर्ख जस्तो बोल्दै छु। तर यसो गर्न मलाई तिमीहरूले नै लगायौ। तिमीहरूले मेरो विषयमा राम्रो भन्नु पर्छ। म केही पनि होइन, तर ती “महान् प्रेरितहरू” कुनै खण्डमा पनि म भन्दा श्रेष्ट होइनन्। |
12. | जब म तिमीहरूसित थिएँ मैले त्यस्तो कार्य गरें जसबाट प्रमाण भयो कि म एक प्रेरित थिएँ। मैले चिन्हहरू, आश्चर्यकर्महरू र अलौकि कार्यहरू देखाँए। एकदमै धर्यसित मैले ती कार्यहरू सम्पन्न गरें। |
13. | कुन विषयमा तिमीहरू अन्य मण्डलीहरू भन्दा निम्न स्तरका थियौ? यसमा मात्र नत्र अन्य कुनै कुरोमा म आफै तिमीहरूकोलागि भार भइन। यस विषयमा म तिमीहरू भन्दा तल भए मलाई क्षमा देऊ। |
14. | तेस्रो पल्ट म तिमीहरूकहाँ आउन तयार छु। म तिमीहरूको भार हुने छैन। तिमीहरूसित भएको कुनै कुरोमा मेरो कुनै चासो छैन। मेरो चासो केवल तिमीहरू मात्र हौ। आफ्नो आमा बाबुहरूकोलागि जोगाड गर्नु केटाकेटीहरूको कर्त्तव्य होइन तर आमा-बाबुले नानीहरूको निम्ति जगेरा गर्नु पर्छ। |
15. | यसकारण मसँग भएको सबै तिमीहरूलाई दिन म खुशी छु। तिमीहरूका निम्ति म आफैलाई पनि सुम्पन्छु। यदि मैले तिमीहरूलाई अत्यन्तै माया गरें भने के तिमीहरूले मलाई कम्ती माया गर्छौ? |
16. | यो प्रष्ट छ कि म तिमीहरूको भार भइदिएको छैन। तर तिमीहरू भन्न सक्छौ कि म यति चलाख कि तिमीहरूलाई फँसाउन मैले धूत्यँई प्रयोग गरें। |
17. | तिमीहरूकहाँ पठाइएको ती मानिसहरूद्वारा मैले तिमीहरूबाट शोषण गरें? तिमीहरू जान्दछौ, मैले तिमीहरूलाई शोषण गरिन। |
18. | मैले तितसलाई तिमीहरूकहाँ पठाएँ अनि उनीसित हाम्रा भाइ पठाएँ। तीतसले तिमीहरूबाट लाभ उठाउन। उनले उठाए? अहँ तिमीहरू जान्दछौ तितस र मैले यी कुराहरू एउटै मनसायले गर्यौं |
19. | के यतिञ्जेल हामीले यी सब आफ्नै बचाउको लागि भन्दैथ्यौं? होइन। म परमेश्वर अघि अनि प्रभुको अघि भन्छु। तिमीहरू हाम्रा प्रिय मित्रहरू हौ। अनि जति हामी गर्छौं, तिमीहरूलाई दरिलो बनाउन गर्छौं। |
20. | म यसो गर्छु किन कि मलाई डर छ, म तिमीहरूकहाँ आउँदा म जस्तो चाहन्छु त्यस्तो नपाउँला। मलाई डर छ कि तिमीहरू माझ र्तक, डाह, रिस, झगडा, ठूल्ठूला कुराहरू, दुष्ट कुरा, घमण्ड र गडबडी होला |
21. | मलाई डर छ, म तिमीहरूकहाँ फेरि आउँदा मेरो परमेश्वले मलाई तिमीहरूका सामु लञ्जित पार्नु हुनेछ । धेरै जना जजसले पहिले पाप गरेका थिए तर आफ्नो अनैतिकता, यौन पाप अनि लाजर्मदा कर्मको निम्ति पछुतो गर्न, आफ्नो हृदय परिवर्त्तन गरेका छैनन् र मैले तिमीहरूको लागि शोक गर्नु पर्ला। |
← 2Corinthians (12/13) → |